Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमाटो दिवसको सान्दर्भिकता

माटो दिवसको सान्दर्भिकता


काठमाडौं । प्रत्येक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउने गर्दछ । यसरी संसारभरि जनसंख्याको वृद्धि भई आठ अर्ब नाघिसकेको अवस्था छ । यो बढ्दो जनभारलाई भरणपोषण गर्नको लागि कृषि कर्मलाई अगाडि बढाउनुपर्ने हुन्छ । यसका लागि जल तथा जमिनको महत्वपूर्ण स्थान रहेको हुन्छ । यसका लागि कृषि कर्मको लागि जमिन महत्वपूर्ण हुन्छ । यसको लागि बेलैमा कुन जमिनमा कस्तो किसिमको माटो छ त्यो हेरेर मात्र कृषि कर्म गर्नु उपयुक्त हुन्छ । त्यसको लागि कुन माटोमा कुन बाली लगाउन सकिन्छ । त्यसको लागि माटो जाँच गर्नुपर्ने हुन्छ । यसका लागि सबैभन्दा पहिले खाद्यान्न बाली, तरकारी बाली, फलफूल बाली र अन्य बालीहरूको लागि कस्तो किसिमको माटो आवश्यक हुन्छ । त्यसको जानकारी नगरी कृषि खेती गरेमा उत्पादन तथा उत्पादकत्व कमी हुन जान्छ ।

दक्षिण एसियाकै पहिलो देश नेपाल हुनेगरी माटोको डिजिटल नक्सा तयार गर्न सफल भएको दाबी सम्बन्धित क्षेत्रले गरेको छ । यसमा हालसम्म ५७ जिल्लाहरूबाट लगभग २३ हजार दुई सय ७३ वटा माटोको नमूना परीक्षण गरी नक्सांकन तयार गरिएको एकातिर छ भने अर्कोतिर कृषकले सम्बन्धित साइटमा गएर आफ्नो जग्गाको माटोका रासायनिक पक्षबारे विस्तृत जानकारी पाउन सक्छन् । यसरी अरु जिल्लाहरूको पनि संकलन गर्ने कार्य जारी रहेको छ । यसमा पनि नक्सांकन कार्यले किसान मात्र नभई नीति निर्माता, अनुसन्धानकर्ता, कृषि प्राविधिक, निजी क्षेत्रका सेवा प्रदायक संघसंस्था, मल आयातकर्तालाई समेत माटोसम्बन्धी पूर्ण जानकारी दिने जनाइएको छ ।

यद्यपि, समाजका हरेक क्षेत्रमा आधुनिकीकरणले प्रवेश पाएसँगै कृषिमा पनि आधुनिक प्रविधि वा उपकरणको प्रयोग व्यापक हुँदै छ । यसले कृषिमा लगानी गर्न आत्मबल बढ्छ । यसर्थ हाम्रो देशमा भने माटो परीक्षण गरेर खेती गर्ने प्रचलन धेरै कम छ । यसरी पहिले पुर्खाले जहाँ जे बाली लगाएका थिए, त्यहाँ त्यही बाली लगाउने प्रवृत्ति आमकृषकमा छ । तर, नयाँ सुविधाले कृषकले सम्बन्धित वेबसाइटमार्फत माटोका रासायनिक पक्षबारे विस्तृत जानकारी लिएर त्यसअनुसार खेती गर्न सक्ने भएकाले विगतको अभ्यासमा परिवर्तन गर्न यो प्रविधि सहायक हुनेछ । यसलाई सोझो बुझाइमा यस्तो नक्साङ्कन कृषकहरूलाई मात्र उपयोगी हुने देखिए पनि यो सुविधा कृषि क्षेत्रका नीति निर्माता, अनुसन्धानकर्ता, कृषि प्राविधिक, कृषि उद्यमीलगायतलाई प्रत्यक्ष, परोक्ष उपयोगी हुनेछ । कुन खेतीका लागि कस्तो माटो उपयुक्त भन्ने जानकारी नभई गरिएको खेतीले अपेक्षित फाइदा नहुने भएकाले माटोको डिजिटल नक्सा तयार गरी सार्वजनिक गरिएको हो । यसरी देशमा कृषि युगको नयाँ चरणमा पुगेको स्थिति छ । त्यसअनुसार आमकृषकले सहज जानकारी पाउनेगरी प्रबन्ध मिलाउन आवश्यक छ ।

यसअघि सरकारी निकायबाट माटो परीक्षण हुँदै आएको थियो । यसमा पनि नेपाल सरकारले विभिन्न स्थानहरूमा माटो शिविर सञ्चालन गरेर पनि यस्तो जानकारी दिने गरेको पनि पाइन्छ तर यसमा कृषकहरूलाई कति आश्वस्त र आकर्षण गर्न सकियो भन्ने प्रश्नले पनि यस्ता प्रविधि तथा सुविधाको औचित्य पुष्टि गर्छ । जब कि प्रदेश १ मा माटो परीक्षण मिनील्याब स्थापना तथा सुदृढीकरण गर्न यससम्बन्धी कार्यविधि २०७५ मा जारी गरिएको थियो । यस्तै अन्य प्रदेशमा पनि यस्ता सुविधा उपलब्ध नभएका होइनन् । तर विद्युतीय माध्यमबाट तत्कालै जानकारी पाइने भएकाले यस्तो प्रविधि र सुविधामा कृषकहरूलाई अभ्यस्त बनाउनुपर्ने पहिलो चुनौती छ । यस्तो सुविधा प्राज्ञिक अनुसन्धानभन्दा कृषकले व्यवहारमा अवलम्बन गर्न सक्नेगरी विकास र विस्तार गर्न सक्दा नै यसको औचित्य पुष्टि हुनेछ ।

समग्रमा भन्नुपर्दा यस वर्षको माटो दिवसको नाराचाहिँ ‘सोयल होयर फुड्स बिगेन्स’ अर्थात् खाद्यान्न र माटोलाई जोडेर यसवर्षको नारा र क्रियाकलाप अनि सन्देशहरू तय गरिएको छ । यसर्थ विश्वमा बढिरहेको आधुनिकीकरणको प्रभावले गर्दा समाजमा आइरहेको थुप्रै सकारात्मक एवं नकारात्मक परिवर्तनहरू आफ्नै नजरले देख्न सकिन्छ । तर केही परिवर्तन यस्ता पनि छन् जुन हामीले न देख्न सक्छौँ, न महसुस नै गर्न सक्छौँ । जस्तै, माटोमा आएको परिवर्तन पनि हो । मूलतः माटोमा रहेको विभिन्न तत्वहरूको प्रदूषण राम्ररी हेर्न सकेका छैनौँ । त्यसैले स्वस्थ माटोको महत्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापनसम्बन्धी जनजागरूकता फैलाउन सकेको देखिँदैन । यसरी मुलुकमा विद्यमान माटो व्यवस्थापनका लागि उक्त डिजिटल नक्सा कोसेढुंगा साबित हुने दाबी पनि सम्बन्धित क्षेत्रले गरेको छ । यो कार्यको जिम्मेवारीमा अन्तर्राष्ट्रिय संस्था सिमेटको प्राविधिक सहयोग र यूएसआईडीको आर्थिक सहयोग लिएको निकायहरूमा समिट नेपाल र नेपाल सिड एन्ड फर्टिलाइजर परिषद् परियोजनाको सहयोगमा चार वर्ष लगाएर नक्सा सार्वजनिक गरेको हो । यो सार्कको सबभन्दा ठूलो देश भारतमा समेत यस्तो किसिमको नक्साको व्यवस्थापन हुन सकेको छैन । यो नक्सा कार्यान्वयनमा आएपछि नेपाल नै पहिलो हुनेछ । यसरी तयार गरिएको नक्सामार्फत माटोको उर्वराशक्ति, अम्लीयपन, प्राङ्गारिक पदार्थको मात्रा, माटोको बनोटलगायतका गुण कृषकले सहजै जानकारी पाउने परिषद्ले जनाएको छ । यसमा पनि कृषकले आफ्नो जग्गामा उत्पादन हुने बाली, प्रयोग गर्ने मलको मात्रा, माटो सुधारलगायतका विषयहरूमा पनि निर्णय लिन सक्नेछन् । यस माटोमा रहेका विभिन्न तत्वहरू र तिनलाई वातावरणीय कारणबाट पर्ने प्रभावसमेतलाई गणितीय तथा तथ्याङ्कीय मोडलको माध्यमबाट प्रयोगशालामा विश्लेषण गरी नक्सा तयार गरिएको हो ।

उक्त परिषद्ले नक्सा प्रयोग गर्न सहज हुनेगरी विभिन्न मोबाइल एप्लिकेसन्स तयार गरिने र यस्ता काममा सरकारी तथा निजी क्षेत्र सबैको संलग्नता रहने जनाएको छ । अतः माटोमा रहेका विभिन्न तत्व वा गुण देखाउन जीपीएमको माध्यमबाट कम्प्युटर प्रविधिमार्फत तयार पारिएको नक्साले माटोको कृषि प्रयोजनबारे विस्तृत जानकारी दिने भएकाले यसलाई कृषिसम्बन्धी सूचना बैंकको एउटा पाटो भने पनि हुन्छ । फलतः माटोमा कुन पोषक तत्व के कति छ वा छैन अथवा कुन तत्व बढी छ । यसर्थ माटोका कारण बिरुवामा कस्तो रोग लाग्ने सम्भावना रहन्छ र त्यसको रोकथामका लागि के गर्नुपर्छ भन्ने जानकारी कृषकले पाउने सूचनामूलक प्याकेज उपलब्ध हुने भएकाले कृषकले तदनुकूल खेती गर्ने र माटोमा पोषक तत्व मिसाउनेजस्ता पहलबाट मनग्य आम्दानी गर्न सक्नेछन् ।

देशमा रहेको विभिन्न किसिमको माटोको नमूना लिने हो भने पनि झापा र बाँकेको माटो एउटै होइन, सप्तरी र डोल्पाको माटो पनि एकै होइन तर सिफारिस भने एउटै भएको छ । यसरी माटोअनुसार रासायनिक मल, विषादी तथा अन्य बाली लगाउने कार्य फरक–फरक हुन्छन् । तर त्यसको मापन नहुँदा कृषकले आफ्नै तरिकाले खेती गरिरहेका छन् । यसको साथसाथै कहाँ के कुरा लगाउने, कहाँ कति रासायनिक मल प्रयोग गर्ने, कहाँ कुन मौसममा के लगाउन सकिने र त्यो सबै मोटोको गुणस्तरले नै स्पष्ट गर्ने भएकाले देशैभरि माटोका लागि विद्युतीय नक्साङ्कनको अति आवश्यक हुन्छ । यो नक्सा तयार भएपछि सरकारलाई पनि माटोको गुणस्तरअनुसार सिफारिस गर्न सजिलो हुन्छ । जसले गर्दा कृषकलाई पनि बाली लगाउन छुट्टै माटो जँचाउनु पर्दैन । त्यसका लागि एउटा एप्स तयार हुन्छ । कुनै ठाउँको मोटोको बारेमा जानकारी लिनुपर्ने भयो भने त्यसमा एक क्लिक गरेपछि थाहा हुन्छ । त्यो विद्युतीय नक्साबाट माटोमा रहेको नाइट्रोजन, फस्फोरस, पोटास, अर्गानिक म्याटर, पीएच, तराईमा जिंक र बोरोनबारे जानकारी लिन सजिलैसँग सकिन्छ । तथापि, माटो वैज्ञानिकले गरेका अनुसार यो नक्साले ठ्याक्कै परिणाम नदिए पनि नजिक नजिकको परिणाम दिन्छ, जसले गर्दा कृषकलाई बाली लगाउन निकै सजिलो हुनेछ । यस हिसाबले पनि कृषकले कम्प्युटर वा मोबाइल एप्सबाट त्यस्तो एकीकृत जानकारी लिन सक्नेछन् । जसका लागि धेरै झन्झट गर्नु नपर्ने भएकाले यस्तो सुविधामा आमकृषकको पहुँच पुग्न सक्छ । यसको साथसाथै विभिन्न स्रोतबाट सङ्कलित माटोको सूचनाका आधारमा हरेक दुई वर्षमा डाटाबेसलाई अद्यावधिक गरिँदै लगिने पनि जनाएको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया