कल्याण सेभिङ संकटमा, अध्यक्ष गुरुङले नै गरे निक्षेपको हिनामिना !
काठमाडौं ,ललितपुरको जावलाखेलमा मुख्य कार्यालय रहेको कल्याण उपकार सेभिङ एन्ड क्रेडिट को—अपरेटिभ लि. आर्थिक संकटमा फसेको छ । संस्थाकै अध्यक्ष लिलाबहादुर गुरुङले सहकारीकै उच्च अधिकारीको मिलेमतोमा करोडौँ रुपैयाँ हिनामिना गरेसँगै संस्था आर्थिक समस्यामा परेको पीडितहरूले बताएका छन् ।
पूर्वब्रिटिस लाहुरे समेत रहेका सहकारीका अध्यक्ष गुरुङले सहकारीको रकम घरजग्गामा लगानी गरेको दाबी गरे पनि पीडितहरूले भने सहकारीका अध्यक्षलगायतको समूहले आफूखुशी लगानी गरी हिनामिना गरेको र पैसा नदिई भाग्ने गरेको आरोेप लगाएका छन् ।
एक वर्षदेखि सहकारीले बचतकर्ताहरुलाई आजभोलि भन्दै निक्षेप फिर्ता नगरेपछि पीडितहरूले सरकारी निकायहरूमा पैसा असुलउपर गराईपाऊँ भन्दै उजुरी दर्ता गराएका छन् ।
सहकारीका बचतकर्ता बाटुली तामाङ, रामेश्वर देउजा, ईश्वरी श्रेष्ठ, लक्ष्मी प्रसाद नेपाललगायत ११ जनाले आफूहरूको रकम उठाइदिन आग्रह गर्दै सहकारी विभाग, बागमती प्रदेशको उद्योग पर्यटन तथा सहकारी मन्त्रालयलगायतमा उजुरी गरेका छन् ।
पीडितहरूका अनुसार पैसा माग्न सहकारीमा जाँदा सहकारीका अध्यक्ष गुरुङले उल्टै विभिन्न व्यक्तिमार्फत धम्की दिनेगरेका छन् । सहकारी बचतकर्ताहरूको रकम सञ्चालकहरूले व्यक्तिगत घरजग्गा जोड्न दुरुपयोग गरेको र सहकारीका अध्यक्ष लिलाबहादुर गुरुङले आफ्ना नाममा विभिन्न स्थानमा अकुत सम्पत्ति जोडेका तथा विदेशमा समेत सम्पत्ति लुकाएको पीडितहरूले आरोप लगाएका छन् । पीडितहरूको आरोपबारे प्रश्न गर्न अध्यक्ष गुरुङको मोबाइल नम्बरमा सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 1
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया