सोलुखुम्बु । सोलुखुम्बुको कृषि ज्ञान केन्द्र फार्म व्यवस्थापन शाखा(बागबानी)ले किबी बिक्रीबाटै वर्षमा पाँच लाख बढी आम्दानी गरेको छ । शाखाले चालू आर्थिक वर्ष २०७९/०८० मा उत्पादन भएको छ मेट्रिकटन किबी बिक्रीबाट पाँच लाख एक सय राजस्व संकलन गरेको हो ।
बागबानीले हेवार्ड, एलिसन, मुन्टी, एर्वोड, ब्रोनोलगायत प्रजातिका किबी लगाएको बागबानी अधिकृत चन्द्र फडेराले जानकारी दिए । उनका अनुसार उत्पादित किबी ग्रेडअनुसार प्रतिकिलो १०० देखि २०० रुपैयाँसम्ममा बिक्री गरिएको थियो । उत्पादित किबी अधिकांश जिल्लाभित्रै खपत भएका छन् भने कतिपयले कोशेलीको रूपमा काठमाडौं, विराटनगर, झापासहित भारतसमेत लगेको अधिकृत फडेराले बताए । फार्म व्यवस्थापन शाखा बागबानीले २०७४ सालबाट सुरु गरेको किबी खेती हाल २० हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । हाल बागबानीमा २५० बोट किबी रहेको छ भने बर्सेनि उत्पादन बढ्दै गएको अधिकृत फडेराको भनाइ छ ।
फार्ममा गत आर्थिक वर्ष करिब चार हजार किलो किबी उत्पादन भएको थियो । सो वर्ष किबी बिक्रीबाट साढे ३ लाख राजस्व संकलन गरेको फार्म व्यवस्थापन शाखा बागबानीले जनाएको छ । शाखा प्रमुख फडेराले भने, ‘मेहनत र परिश्रम गर्ने हो भने कृषिमा जति आम्दानी अरू व्यवसायमा छैन, हामी त माटो छुन हिच्किचाउँछौं, नत्र कृषिमा गरेको लगानी खेर जाँदैन । बागबानीले किबीसहित अन्य तरकारी तथा फलफूल बिक्रीबाट बर्सेनि लाखौँ रुपैयाँ राजस्व संकलन गर्दै आएको बताएको छ । तीन सय ५१ रोपनी क्षेत्रफलमा फैलिएको यस शाखामा दर्जनौँ प्रजातिका फलफूलका बिरुवा, त्यतिकै संख्यामा तरकारी तथा अन्य बिरुवाहरू समेत छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया