श्रीलंकाले बाह्रै महिना बिजुली आपूर्ति गर्ने
श्रीलंका । श्रीलंकाको सरकारले देशभर बाह्रै महिना निर्बाध विद्युत् आपूर्ति गर्ने योजना बनाएको ऊर्जामन्त्री कञ्चना विजेसेकराले बताएका छन् । सोमबार आफ्नो एक्स एकाउन्टमा पोस्ट गर्दै मन्त्री विजेसेकराले राष्ट्रपति रनिल विक्रमासिंघेको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको खुलासा गरेका हुन् ।
उनले चालू वर्षको बाँकी अवधिमा विद्युत्को मूल्य परिमार्जन नगर्ने पनि बताएका छन् । श्रीलंकाले हाल बिजुली उत्पादन र सिँचाइ गतिविधिहरू दुवैको लागि प्रयोग हुने जलाशयहरूको पानीको स्तर घट्दै जाँदा सुख्खा स्थितिको अनुभव गरिरहेको छ । यद्यपि विद्युत् उत्पादन सुनिश्चित गर्न विभिन्न उपायहरू अवलम्बन गरिरहेको पनि मन्त्री विजेसेकराले जनाएका छन् । श्रीलंकाले मुख्यतया बिजुली उत्पादनको लागि डिजेल, कोइला र पानी प्रयोग गर्दै आएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- लुम्बिनी प्रदेशः करिब रु ३८ अर्ब ९६ करोड विनियोजन
- समृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छस् अध्यक्ष ओली
- सुदूरपश्चिम प्रदेशः रु ३१ अर्ब ६२ करोड बजेट पेस
- उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी
- कोशी प्रदेश ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक
- कर्णाली प्रदेशः आगामी आवका लागि रु ३१ अर्ब ४१ करोड बजेट विनियोजन
- सातै प्रदेशका सरकारको बजेट आज सार्वजनिक हुँदै
- लोक सेवा आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति
धेरैले पढेको
- बीमा प्राधिकरणमा कार्यकारी नियुक्तिमा झेलैझेल
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया