चीनमा कर्जा विस्तार १४ वर्ष यताकै न्यून
चीन । चिनियाँ बैंकहरूको कर्जा विस्तार सन् २००९ यताकै न्यून विन्दुमा आएकोे छ । पिपुल्स बैंक अफ चाइनाले सार्वजनिक गरेको तथ्यांकअनुसार जुलाई महिनामा तीन खर्ब ४५ अर्ब युआन (४७ अर्ब ८० करोड अमेरिकी डलर) बराबरको नयाँ कर्जा प्रवाह भएको छ ।
यो तथ्यांक सन् २००९ नोभेम्बर यताकै न्यून हो । सन् २००९को नोभेम्बरमा दुई खर्ब ४८ अर्ब युआन कर्जा प्रवाह भएको थियो । जुन महिनामा चिनियाँ बैंकहरूले ३० खर्ब ५० अर्ब युआन कर्जा प्रवाह गरेका थिए । यस आधारमा जुलाई महिनामा बैंकहरूले जुनमा भन्दा साढे ८८ प्रतिशत कम कर्जा प्रवाह गरेका छन् ।
पछिल्लो समय चीनमा उपभोग खुम्चदै गएपछि कर्जा प्रवाह पनि संकुचित हुँदै गएको छ । चिनियाँ केन्द्रीय बैंकले ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउने नीति लिएपनि बजारमा कर्जाको माग बढ्न सकेको छैन । बजारमा माग नै नभएपछि औद्योगित गतिविधि सुस्ताएको छ । जसकारण संस्थागत कर्जाको माग घटेको छ । घरजग्गा क्षेत्रमा जाने कर्जामा पनि उच्च गिरावट आएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग
- विद्यालय भवन निर्माण मुक्तिनाथ विकास बैंकको सहयोग
- नेपाल क्लियरिङ हाउसको अध्यक्षमा थापा
- लक्ष्मी सनराइज बैंकले मनायो विश्व वातावरण दिवस
- नेपाल बैंकद्वारा सडक दुर्घटना न्यूनीकरण गर्न सडक डिभाइडर सहयोग
- सिटिजन्स बैंक र किरण आई हस्पिटलबीच सम्झौता
- ग्लोबल आइएमई बैंक र गुरु ट्राभल्सबीच सम्झौता
- एलिट क्यापिटलद्वारा हकप्रद निष्काशन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया