रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा टर्की
रुस । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभको मैत्रीपूर्ण निमन्त्रणामा टर्कीका विदेशमन्त्री हाकान फिदान बिहीबार रुसको भ्रमणमा पुग्ने भएका छन् । विदेशमन्त्री फिदानले गतसाता युक्रेनी अधिकारीहरूसँग वार्ता गरेपछि उनको मस्को भ्रमण घोषणा भएको हो ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान पनि सुरक्षितरूपमा खाद्यान्न ढुवानी गर्ने वातावरण मिलाउन तथा यसअघि भएको त्रिपक्षीय सम्झौतालाई पुनर्जीवित गर्ने सम्बन्धमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न चाँडै रुसको भ्रमणमा पुग्ने बताइएको छ ।
रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले विदेशमन्त्री लाभरोभ र हाकान फिदानबीच युक्रेन, सिरिया, लिबियालगायत मामिलाबारे छलफल गर्ने बताएकी छिन् ।
राष्ट्रपति एर्दागानले मस्को र किएभसँगको आफ्नो राम्रो सम्बन्धलाई सदुपयोग गर्दै दुवै पक्षलाई औपचारिक शान्ति वार्तामा ल्याउने प्रयास गरेका छन् । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सदस्य टर्कीले गतवर्ष द्वन्द्व सुरु भएपछि रुस, युक्रेन र राष्ट्र संघ सम्मिलित युक्रेनी बन्दरगाहहरूबाट अन्न ढुवानी गर्नेसम्बन्धी सम्झौता गराउन मुख्य भूमिका निर्वाह गरेको थियो । केही समयअघि रुसले एकपक्षीय रुपमा उक्त सम्झौताको म्याद स्वतः समाप्त भएको घोषणा गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- लुम्बिनी प्रदेशः करिब रु ३८ अर्ब ९६ करोड विनियोजन
- समृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छस् अध्यक्ष ओली
- सुदूरपश्चिम प्रदेशः रु ३१ अर्ब ६२ करोड बजेट पेस
- उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी
- कोशी प्रदेश ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक
- कर्णाली प्रदेशः आगामी आवका लागि रु ३१ अर्ब ४१ करोड बजेट विनियोजन
- सातै प्रदेशका सरकारको बजेट आज सार्वजनिक हुँदै
- लोक सेवा आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति
धेरैले पढेको
- बीमा प्राधिकरणमा कार्यकारी नियुक्तिमा झेलैझेल
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया