इसरोले मानवरहित परीक्षण उडान सुरु गर्ने
भारत । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले गगनयान मिसनको हिस्साका रूपमा मानवरहित परीक्षण उडानको तयारी सुरु गरेको छ । इसरोले समाजिक सञ्जाल एक्स (ट्विटर)मा पोस्ट गर्दै ‘मिसन गगनयान’ सुरु गरिएको जनाएकोे हो । इसरोले गगनयानका लागि मानवरहित परीक्षण उडान सुरु गर्नेछ, फ्लाइट टेस्ट भेहिकल एबोर्ट मिसन–१ (टिभी–डि वान) तयारी भइरहेको र यसले क्रु इस्केप सिस्टमको प्रदर्शन जर्ने जनाएको छ ।
इसरोका अनुसार यो परीक्षण उडानले बाँकी योग्यता परीक्षण र मानवरहित मिसनका लागि आधार तयार गर्नेछ । जसबाट भारतीय अन्तरिक्षयात्रीहरूसँगै पहिलो गगनयान मिसन सुरु हुनेछ ।
गगनयान मिसनको पहिलो परीक्षण उडानका लागि फर्स्ट क्रस मोडुल सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै इसरोले टेस्ट भेहिकल (टिभी–डि वान) को पहिलो उडानको तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरेको छ । रासस
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- लुम्बिनी प्रदेशः करिब रु ३८ अर्ब ९६ करोड विनियोजन
- समृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छस् अध्यक्ष ओली
- सुदूरपश्चिम प्रदेशः रु ३१ अर्ब ६२ करोड बजेट पेस
- उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी
- कोशी प्रदेश ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक
- कर्णाली प्रदेशः आगामी आवका लागि रु ३१ अर्ब ४१ करोड बजेट विनियोजन
- सातै प्रदेशका सरकारको बजेट आज सार्वजनिक हुँदै
- लोक सेवा आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति
धेरैले पढेको
- बीमा प्राधिकरणमा कार्यकारी नियुक्तिमा झेलैझेल
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया