श्रीलंकामा सहरी जनसंख्या साढे ४४ प्रतिशत
कोलम्बो । एक दशकमा श्रीलंकाको सहरी जनसंख्या २६ दशमलव ३७ प्रतिशत विन्दुले बढेको छ । राष्ट्रिय भौतिक योजना विभागको एक सर्वेक्षणअनुसार कुल जनसंख्याको ४४ दशमलव ५७ प्रतिशत सहरमा बसोबास गर्छन् ।
यसअघि सन् २०१२मा गरिएको सहरीकरणसम्बन्धी सर्वेक्षणमा १८ दशमलव २ प्रतिशत जनसंख्या सहरमा बसोबास गरेको उल्लेख थियो ।
पछिल्लो सर्वेक्षणअनुसार कोलम्बो सबैभन्दा बढी सहरी जनसंख्या भएको जिल्ला हो । यो जिल्लाको कुल जनसंख्यामध्ये ९६ दशमलव ७४ प्रतिशत सहरमा बस्छन् । यस्तै गाम्पाहा जिल्लामा ७६ दशमलव ७६ प्रतिशत र जाफना जिल्लामा ६७ दशमलव २८ प्रतिशत मानिसहरु सहरमा बस्छन् ।
सर्वेक्षणअनुसार शहरी जनसंख्याको सबैभन्दा कम प्रतिशत मुल्लाइतिवु जिल्लामा दुई दशमलव ८४ प्रतिशत छ । सर्वेक्षण प्रतिवेदनले सबै जिल्ला समितिबाट स्वीकृत भएपछि राष्ट्रपति र मन्त्रिपरिषद्मा पेश हुनेछ र अनुमोदन भएपछि मात्रै आधिकारिकता पाउने छ । एजेन्सी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नेपाल क्लियरिङ हाउसको अध्यक्षमा थापा
- लक्ष्मी सनराइज बैंकले मनायो विश्व वातावरण दिवस
- नेपाल बैंकद्वारा सडक दुर्घटना न्यूनीकरण गर्न सडक डिभाइडर सहयोग
- सिटिजन्स बैंक र किरण आई हस्पिटलबीच सम्झौता
- ग्लोबल आइएमई बैंक र गुरु ट्राभल्सबीच सम्झौता
- एलिट क्यापिटलद्वारा हकप्रद निष्काशन
- सार्वजनिक पद धारण गर्ने पीआरवालामाथि कडाइ किन ?
- तापक्रमले रेकर्ड तोडेकै हो ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया