नेपाल–भारत सीमा स्तम्भ मर्मत सुरु
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा स्तम्भको मर्मत तथा रङ्गरोगन कार्यको सुरुवात गरेको छ । धनुषाको सीमावर्ती नगरपालिका नगराइन नगरपालिकाको वडा नं २ जटही नाका छेउको सीमा नं २८५/४ बाट सो कार्यको शुभारम्भ गरिएको हो ।
मर्मतको सुरुवात बिहीबार मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाहले नेपाल भारत दशगजामा रहेको सीमा स्तम्भको मर्मत तथा रङ्गरोगन गरेर सो कार्यको शुभारम्भ गरेका थिए । कार्यक्रममा उनले दुरुस्त अवस्थाको सीमा स्तम्भले सीमा सुरक्षाको जिम्मेवारी प्राप्त सशस्त्र प्रहरी बललाई थप प्रभावकारीरूपमा सीमाको सुरक्षा गर्न सहज हुने बताए । यसले सीमाको सुरक्षामात्र नभई सीमा अपराध नियन्त्रण गर्नका साथै दुई देशबीचको सम्बन्ध थप मजवुद बनाउन योगदान पु¥-याउने उनको भनाइ थियो । यस्तै उनले नेपाल सरकारबाट सशस्त्र प्रहरी बल नेपाललाई मर्मतकार्यको जिम्मेवारी प्राप्त भइसकेकाले आगामी दिनमा निरन्तररूपमा मर्मतकार्य सुचार रहने जानकारी दिए । मर्मतका क्रममा स्थानीय जनसमुदाय तथा जनप्रतिनिधिहरूको सहयोग अपरिहार्य रहेको समेत उनले बताए ।
कार्यक्रममा उनले सशस्त्र प्रहरी बल नेपालले सीमावर्ती क्षेत्रका नागरिकको सहयोगविना प्रभावकारीरूपमा सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रण गर्न असम्भव रहेको महसुस गरी सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम सुरु गरेको जानकारी दिए । सोहीअन्तर्गत गत कात्तिक १ गते छिन्नमस्ता बाहिनी महोत्तरीमा मधेश प्रदेशको भारतसँग जोडिएका एक सय ४३ वडाका अधिकांश वडा अध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो । उक्त अवसरमा प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्ने चरणमा रहेको समेत उनले जानकारी दिए ।
नेपाल भारत सीमा कार्यदलको पाचौँ बैठकमा सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरूमध्ये जोर नम्बरको सीमा स्तम्भहरू भारतीय सशस्त्र सीमा बलले सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा र बिजोर नम्बरको सीमा स्तम्भ नेपालले मर्मत सम्भार गर्ने निर्णय भएको थियो । यस्तै नेपाल सरकारको २०७७ साउन १९ गतेको मन्त्रिपरिषद्को निर्णयले सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका बिजोर सीमा स्तम्भहरू सशस्त्र प्रहरी बल नेपाललाई मर्मत सम्भार गर्ने जिम्मेवारी दिएको थियो । सोही निर्णयअनुसार मर्मतको कार्य सुरु गरिएको हो । पहिलो चरणमा मधेश प्रदेशमा रहेका एक हजारभन्दा बढी सीमा स्तम्भहरूको मर्मत हुनेछन् ।
सो कार्यक्रममा धनुषास्थित नगराइन नगरपालिकाका प्रमुख विनयकुमार यादव, मुखियापट्टि मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, भारतीय सशस्त्र सीमा बलका डिपुटी कमान्डेन्ट सन्तोषकुमार निमोरिया, नापी विभागका अधिकृतलगायत जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा स्थानीयहरूको समेत उपस्थिति थियो । यसैगरी बिहीबारबाटै मधेश प्रदेशका सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लाहरूमा समेत सीमा स्तम्भहरूको मर्मत कार्य सुरु गरिएको छ ।
क्याटेगोरी : मधेश प्रदेश
ट्याग : #Page 12
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया