Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारधनुषामा करेन्ट लागेर एकको मृत्यु

धनुषामा करेन्ट लागेर एकको मृत्यु


जनकपुर । धनुषामा बटेश्वर गाउँपालिका–२ रमौली टोलका ३० वर्षीय अमरेशकुमार महतोको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको पूर्ण विवरण प्राप्त भई नसकेको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवाले वन्यजन्तुबाट बालीनालीको सुरक्षाका लागि खेतबारीमा थापिएको विद्युतीय धराप (करेन्ट)मा परेर महतोको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको र महतोको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको उनले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश

तपाईको प्रतिक्रिया