कञ्चन किसी
विश्वव्यापीरूपमा फैलिएको कोरोनाका कारण बजारमा अझै पनि पर्याप्त मास्क उपलब्ध हुन सकिरहेको अवस्था छैन । यसै अभावका कारण अहिले मास्कको पुनः प्रयोग एक अति आवश्यक विषय बनेको छ । सर्जिकल मास्क एन ९५, केएन ९५, एफएफपीटूजस्ता मेडिकल मास्कहरूको अभावका कारण मानिसहरू कपडाको मास्क प्रयोग गर्न बाध्य बनेका छन् । यति मात्रै नभाई चिकित्सकहरूमाझ पर्याप्त मात्रामा सर्जिकल मास्क एन ९५, केएन ९५, एफएफपीएसको उपलब्ध नभएकोले मास्कको पुनः प्रयोग गर्न उनीहरू पनि बाध्य भएका छन् ।
साधारणतयाः कपडाको मास्क प्रयोग गर्दा मुख र नाक राम्रोसँग छोप्ने हुनुपर्दछ । कपडाको मास्क प्रयोग गर्दा पटक–पटक साबुन र मनतातो पानीले धोई पुनः प्रयोग गर्न सकिन्छ । कपडाको मास्क अधिकतम २४ घण्टासम्म मात्र प्रयोग गर्न सकिन्छ । बीचमा झिकेर पुनः प्रयोग गर्नुपरे स्टेरिलाइजेशन गर्नुपर्छ । जे गरे पनि यस्ता मास्कको आयु बढीमा २४ घण्टासम्म मात्रै हुन्छ ।
सर्जिकल मास्क, पेपर मास्क, तीन तहले बनेका हुन्छन्, जसमा पोलिपाइरोलिन नामक पोलिमर राखिएको हुन्छ । यस पोलिमरले फिल्टरको काम गर्छ र एरबोन व्याक्टेरिया माइक्रोअर्गानिजमहरू छेक्छ । सर्जिकल मास्कलाई स्टिम डेष्टिलेशन नामक प्रविधिले मात्र स्टेरिलाइज गरी पुनः प्रयोग गर्न सकिन्छ । स्टिम डेष्टिलेशन उद्योगहरूमा मात्रै गर्न सकिन्छ । यस्ता प्रकारका मास्कहरू साधारणतयाः एकचोटी मात्रै प्रयोग गरिन्छ ।
सर्वभन्दा उत्कृष्ट मास्कका रूपमा एन ९५, केएन ९५, एफएफपीटू मास्कलाई लिइन्छ, जसमा फिल्टर फेस पिस हुन्छ र शून्य दशमलब तीन एमएमभन्दा ठूलो सबै पार्टिकललाई यसले फिल्टर गर्न सक्छ । कम्तीमा ९५ प्रतिशत एयरवोन व्याक्टेरिया फिल्टर गर्ने भएकाले यसलाई एन ९५ नामले चिनिएको हो । एन ९५ मास्कलाई अमेरिकामा एन ९५ ले नै चिनिन्छ भने युरोप र चीनमा क्रमशः एफएफपीटू र केएन ९५ भनी चिनिन्छ ।
यी मास्कहरू ननउभन पोलिपाइरोलिन फाइबरले बनेका हुन्छन् । यी मास्कहरूलाई राम्रोसँंगै टाइट फिटिङ हुने गरी लगाउनुपर्छ । यसलाई कम्तीमा पाँच पटक प्रयोग गर्न मिल्छ । त्यसपछि स्टेरिलाइजेशन नगरी प्रयोग गर्न मिल्दैन । स्टेरिलाइजेशन गर्नका लागि भ्यापोराइज हाइड्रोजन पेरोअक्साइड, मेइष्ट हिटजस्ता तरिकाहरू उद्योगहरूमा अपनाइन्छन् । यी तरिकाहरू उद्योगमा मात्रै सम्भव हुनसक्छ । घरैमा यसलाई एक सय २५ डिग्री सेल्सियस् तातोपानीमा तीन मिनेट वा ७० डिग्री सेल्सियस तातोपानीमा ३० मिनेटसम्म भिजाई स्टेरिलाइजन गर्न सकिन्छ । त्यसपछि हामीले यस्ता प्रकारको मास्कको पुनः प्रयोग गर्न सक्छौँ । (लेखिका बी फार्मेसी तेस्रो वर्षकी विद्यार्थी हुन् ।)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया