कृषि उत्पादनमा पूर्ण अनुदानको व्यवस्था गर्न माग
विराटनगर । कृषि उपजको उत्पादनमा कृषकलाई पूर्णरूपमा अनुदान व्यवस्था गर्न कृषकहरूले माग गरेका छन् । किसानलाई पूर्ण अनुदानको व्यवस्था नभएसम्म नेपाली उत्पादनले विदेशीसँग प्रतिस्पर्धा गर्न नसक्ने उनीहरूको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना भएको कोशी प्रदेशका तरकारी उत्पादक र व्यवसायीहरू बीचको छलफलमा तेजस्वी कृषि तथा च्याउ उद्योग सञ्चालक दिनेश सापकोटाले अहिले पनि कृषकहरूले बीउ, मलखाददेखि बजारीकरणमा समस्या भोगिरहेको बताए । उनले कृषि क्षेत्रको विकासको लागि वास्तविक कृषकको क्षमता विकासमा जोड दिनुपर्ने बताए । मोरङको बुढीगंगा गाउँपालिकाको मुडेरीमा भएको सो छलफलमा तरकारी व्यवसायी राजेश यादवले पनि तरकारीको मूल्य शृङ्खलामा कृषकहरूले बजारको मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै गुणस्तरमा समेत समस्या रहेको बताए । कृषक विश्व पराजुलीले कृषि फार्मको अवधारणासहित नवीनतम सोचले यस क्षेत्रमा जोडिन चाहने युवाहरूका लागि राज्यले खेतीयोग्य जग्गा उपलब्धताको लागि सहजीकरण गरिदिनुपर्नेमा जोड दिए ।
स्थानीय तरकारी खेतीका कृषक सुशीला चौधरीले आलु काउली उत्पादन गरेर विराटनगरका हटिया बजारमा बिक्री वितरण गर्दै आइरहेको बताइन् । तर भारतसँगको खुला सिमानाका कारण आयातित तरकारीहरूले गर्दा आफूले उचित मूल्य पाउन नसकेको उनको गुुनासो थियो । महासंघ कोशी प्रदेशले कृषि क्षेत्रको व्यावसायीकरणको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको जनाएको छ । कार्यक्रममा कोशी प्रदेशका कृषकदेखि स्थानीय कृषि उपज उत्पादक र व्यवसायीहरू उल्लेखनीय सहभागिता रहेको थियो ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया