उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमार लालकर्ण, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुबबहादुर देवकोटा र महेशप्रसाद काफ्लेले भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूले उद्योगलाई आवश्यक पर्ने ‘भेरियबल फ्रिक्वेन्सी ड्राइभ (भीएफडी)’ खरिद गर्दा २२ लाख ७८ हजार तीन सय पाँच रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले भेरियबल फ्रिक्वेन्सी ड्राइभ (भीएफडी)’ खरिद गर्दा विनाअध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामग्री खरिद गरेको, सामान खरिदपश्चात् गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरिद गरिएको सामग्रीमध्ये १६० किलोवाटको (भीएफडी– ए’ उद्योगले प्राप्त गरेको छ वर्षभन्दा बढी समयसम्म पनि परीक्षण नगरिएको, आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई आवश्यक पर्नेभन्दा अस्वाभाविकरूपमा वढी सामान खरिद गरेको पाइएको बताएको छ ।
अख्यिारले अस्वाभाविकरूपमा वढी सामान खरिद गरी गराई हालसम्म परीक्षण नगरिएको एवं सञ्चालनमा नरहेको उक्त १६० किलोवाटको (भिएफडि–ए’ को २२ लाख ७८ हजार तीन सय पाँच रुपैयाँ बराबरको रकम भुक्तानी दिई दिन लगाई उद्योगलाई गैरकानुनी हानि पुर्याएको पुष्टि भएको हुँदा तत्कालीन महाप्रबन्धक सुरेन्द्र पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम २२ लाख ७८ हजार तीन सय पाँच रुपैयाँ बिगो र सजायको माग गर्दै मुद्दा दायर गरेको हो । उक्त सामग्री खरिद गरी परीक्षण समेत नगर्दा उद्योगमा प्रयोग समेत गर्न सकिएको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- मन्त्री श्रेष्ठद्वारा विश्वविद्यालयलाई राजनीतिकरण नगर्न आग्रह
- देश निर्माणमा सबै पक्षको उत्तिकै दायित्व छ: मन्त्री जोशी
- नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै कामपा
- बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
- कृषि उद्यमीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
- पहिचान फेरिएको फुस्रेबजार
- चार जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह
- वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै, आज ५० औँ स्थानमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया