दोलखा । माघको दोस्रो सातासम्म पनि हिउँदे वर्षा नहुँदा आलु किसानहरू समस्यामा परेका छन् । जिल्लाको माथिल्लो क्षेत्रमा हिउँदे आलु रोप्ने समय सुरु भए पनि समयमै वर्षा नहुँदा जिल्लाका किसान चिन्तित बनेका हुन् ।
आलु रोप्नका लागि किसानहरूले बाँझो बारी खन्ने, मल बोक्ने तथा आलुको बीउको जोहो गर्ने सबै कार्य गरिसकेका छन् । तर पानी नपरेको कारण आलू रोप्न भने नपाएको किसानहरूको गुनासो छ । समयमा नै पानी नपरेका कारण आलु रोप्न ढिला भइसकेको बैतेश्वर–८ स्थित एवोका किसान बलराम कार्कीले बताए । उनका अनुसार यहाँका किसानले दुई करोड बराबरको आलु उत्पादन गर्ने गरेका छन् । पानी नपरेपछि केही किसानले भने तुसारो, चिसोले कक्¥याक्क बनेर बसेको सुक्खा माटोमै आलु रोप्न सुरु गरेका छन् ।
दोलखाको प्रायः सबै माथिल्लो क्षेत्रका किसानको मुख्य आम्दानी स्रोत हिउँदे आलु खेती हो । मंसिरमै बारी बनाएर हिउँदे वर्षाद्को पर्खाइमा बसेका किसानलाई पानी नपरेपछि खेतीको उत्पादन घट्ने हो कि भन्ने चिन्ता खेप्नु परेको छ । हिउँदे वर्षाले आलु रोप्ने ठाउँको माटोलाई उर्वर भूमि बनाउने बैतेश्वर गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डे बताए । माटोमा चिसोपन आउने र रोपेको आलु चाँडै उम्रने, माटो खुकुलो हुने तथा रोग किरा नलाग्ने हुँदा पनि किसानले पानी परेपछि मात्रै आलु रोप्ने गर्छन् । साथै, पानी नपर्दा लेक किसानले खेती गरेको हिउँदे तरकारी फलफूल तथा बेमौसमी खेती पनि सुक्न थालेको छ ।
यो समय किबिको बिरुवा लगाउने पनि हो । माघदेखि चैत्रसम्म धेरै किसानले किबि रोप्ने गर्छन् तर सुख्खा माटो कारण जिल्लाका किसानले लगाएको किबिको बोट समेत मार्ने गरेको बैतेश्वर गाउँपालिका–१ का कृषक कर्णबहादुर तामाङले बताए । तामाङले यस वर्ष करिब छ हजार किबिका बिरुवा किसानलाई बिक्री गरिसकेका छन् । यसैगरी गत वर्ष पनि ढिलो गरी पानी पर्दा जिल्लामा गहुँ उत्पादन घटेको थियो । यस वर्ष पनि सिँचाइ गर्ने समयसम्म आकाशे वर्षा नभएकाले गहुँ उत्पादन घट्ने किसानहरू बताउँछन् । जिल्लाका अझै पनि धेरै किसानलाई आकाशे वर्षाको भर पर्नुपर्ने बाध्यता छ । यता जिल्लाको कालिञ्चोक, शैलुङमा भने हिमपात भएका कारण किसानहरूलाई केही राहत मिलेको छ । हिमपातसँगै सामान्य हिउँदे वर्षा पनि भएकाले यहाँका किसानले भने आलु रोप्न थालेका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- नासु बमबहादुरले चुमे सगरमाथामा को शिखर
- ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा
- कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०८१ का सिद्धान्त, उद्देश्य र प्राथमिकता पेस
- नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु
- कोरोनाको नयाँ भेरियन्ट : सङ्क्रामक तर घातक कम
- तिनाउ नदीमा डुबेर मृत्यु
- धुलो उठाउन सहयोग नगरेको भन्दै सडक विभागमा महानगरको गाडीबाट धुलो झारियो
- किमाथाङ्कासहित चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा आउँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया