दोलखामा सञ्चालित सहकारीहरूमा रकम अपचलनको समस्या बढ्दो
दोलखा । पछिल्लो समय दोलखामा सञ्चालित सहकारीहरूमा समेत रकम अपचनको समस्या देखा पर्न थालेका छ । सहकारीका सञ्चालक तथा व्यवस्थापकको लापरबाहीका कारण पछिल्लो समय नागरिकले बचत गरेको रकम जोखिममा पर्न थालेको हो ।
केही दिनअघि मात्रै जिल्लाको मेलुुङ गाउँपालिका–१ पवटीमा रहेको हाम्रो सूर्याेदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ३२ लाख ८७ हजार दुई सय ७६ रुपैयाँ चोरी भएको छ । सहकारी चोरी भएको भनिएपछि बचतकर्ताहरूले भने सञ्चालक र व्यवस्थापकतिर नै आशंका गरेका छन् । सहकारीका सञ्चालक र व्यवस्थापकको मिलेमत्तोमा रकम हिनामिना गरेर हराएको बहाना बनाइएको उनीहरूको आरोप छ । संस्थाबाट सो रकम हराएको भनी सहकारी सञ्चालकले प्रहरीलाई जानकारी गराएका छन् । प्रहरीले सोही सहकारीको बचत सहायक पदमा कार्यरत अहेन्द्र भुजेललाई र घरबेटीलाई पक्राउ गरी सोधपुछपछि छाडेको जनाएको छ ।
यस्तै, मेलुुङ गाउँपालिका–६ मा रहेको ‘गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेड’मा पनि ठूलो रकम हिनामिना भएको पाइएको छ । सो संस्थाका व्यवस्थापकले एक करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको पाइएको हो । उक्त सहकारीले रकम अपचलनसम्बन्धी छानबिन गरिरहेको बताएको छ । हाल गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडमा रकम हिनामिना गर्ने व्यवस्थापक भूप चापागाईंलाई सञ्चालक समितिले निलम्बन गरी छानबिन गरिरहेको सहकारीका अध्यक्ष श्रीराज पोखरेलले जानकारी दिए ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा
- कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०८१ का सिद्धान्त, उद्देश्य र प्राथमिकता पेस
- नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु
- कोरोनाको नयाँ भेरियन्ट : सङ्क्रामक तर घातक कम
- तिनाउ नदीमा डुबेर मृत्यु
- धुलो उठाउन सहयोग नगरेको भन्दै सडक विभागमा महानगरको गाडीबाट धुलो झारियो
- किमाथाङ्कासहित चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा आउँदै
- हेटौँडामा सवारी दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया