दुई गाउँपालिकामा खाद्य तथा पोषण सुरक्षा कार्यक्रम
दोलखा । दोलखाका दुई स्थानीय तहहरूमा खाद्य तथा पोषण सुरक्षा सुधार कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्लाको वैतेश्वर र मेलुङ गाउँपालिकामा आगामी आर्थिक वर्षदेखि सो कार्यक्रम सञ्चालन हुन लागेको हो । दुवै गाउँपालिकाका सबै वडामा सो कार्यक्रम सञ्चालन हुन लागेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई सिन्धुपाल्चोकले जनाएको छ । भूकम्प र बाढीपीडित, खाद्य असुरक्षित, विपन्न, सीमान्तकृत दलित र महिलालाई लक्षित गरी सो कार्यक्रम सञ्चालन गरिने आयोजनाका निर्देशक जगन्नाथ तिवारीले बताए । सो कार्यक्रम सञ्चालनको लागि दुवै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीचमा आयोजनाले अन्तत्र्रिmया कार्यक्रम समेत गरेको छ । निर्देशक तिवारीले पालिकाभित्र कृषि तथा पशुजन्य उत्पादन र उत्पादकत्वमा वृद्धि गरी खाद्य सुरक्षामा सहयोग, जलवायु तथा पोषणमैत्री कृषि प्रविधिहरूको अनुशरण र साना कृषकहरूको क्षमता अभिवृद्धि, उत्पादन तथा आयआर्यजनमा वृद्धिलगायतको कार्य गर्न कार्यक्रमले सहयोग गर्ने बताए ।
सो कार्यक्रम सञ्चालनले पालिकाभित्रको भूकम्प र बाढीपीडित, खाद्य असुरक्षित, विपन्न, सीमान्तकृत दलित महिलाहरूलाई ठूलो मद्दत पुग्ने वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले विश्वास व्यक्त गरे । आयोजना क्लस्टर इकाईका वरिष्ठ कृषि अधिकृत राजेशकुमार केसीका अनुसार सबै वडामा प्राथमिकता क्षेत्रको छनोट गरी कार्यक्रम सञ्चालन गरिने छ ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- पौडेललाई थुनामा पठाउने आदेश
- गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीद्वयद्वारा शपथ ग्रहण
- पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने
- सवारी प्रदूषण नियन्त्रणमा कडाइ गर्दै चन्द्रागिरि: निःशुल्क सवारी साधन परीक्षण शिविर सञ्चालन
- धार्मिक पर्यटन प्रवर्द्धनका लागि सम्भावना खोज्दै जैमिनी
- सेयर बजारले पत्याएन बजेटलाई
- ‘गणतन्त्रका उपलब्धि संस्थागत गरौँ’
- गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया