Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेश: मन्त्रिपरिष बैठकद्वारा नीति तथा कार्यक्रम स्वीकृत

बागमती प्रदेश: मन्त्रिपरिष बैठकद्वारा नीति तथा कार्यक्रम स्वीकृत


मनहरी (मकवानपुर) । बागमती प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दै मन्त्रिपरिषद्को पूर्ण बैठकले प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम आजै दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गरिनेछ ।

उक्त नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले संसद्मा प्रस्तुत गर्नेछन् । उनले कृषि पर्यटन तथा शिक्षा र रोजगारी क्षेत्रलाई विशेष प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारिएको बताए ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x