काठमाडौँ, जेठ २६
जनता समाजवादी पार्टी नामको दलमा एक नम्बरमा को बस्ने भन्नेमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र महन्थ ठाकुरबीच विवाद भए पनि दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा कागजात बुझाएको छ । भट्टराईले उक्त पार्टीमा आफू सबै भन्दा वरिष्ठ हुनुपर्ने माग गरे पनि महन्थले किचलो झिकेपछि पूर्वकम्युनिष्ट डा. भट्टराईको स्थान चौथोमा पुगेको छ । कतिपयले वरीयतामा सबैभन्दा माथि बस्न नपाएपछि भट्टराईले नै चौथो स्थान रोजेको बताएका छन् ।
विवादका बीच समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक कागजपत्र भने बुझाएको छ । सो पार्टीले दल दर्ताका लागि आइतबार आयोगलाई निवेदनसहित दलको आवश्यक कागजात बुझाएको हो । जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको नेता राजेन्द्र महतोले सञ्चारकर्मीहरुलाई जानकारी दिए । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुको घोषणा गरिएको छ । सो पार्टीको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् । त्यस्तै नेताहरुमा राजेन्द्र महतो, डा बाबुराम भट्टराई, अशोक राई वरिष्ठ नेताका रुपमा छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- बैंकिङ क्षेत्रमा कर्जा खाता कति ? बैंकहरूमा निक्षेप खाता ४७ लाख नाघ्यो
- पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित
- काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा
- नासु बमबहादुरले चुमे सगरमाथामा को शिखर
- ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा
- कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०८१ का सिद्धान्त, उद्देश्य र प्राथमिकता पेस
- नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु
- कोरोनाको नयाँ भेरियन्ट : सङ्क्रामक तर घातक कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया