संसदको बैठक बोलाउन भारतीय कांग्रेसका नेताको माग
नयाँ दिल्ली, जेठ २८
भारतीय कांग्रेसका एक नेताले भारतीय संसदको बैठक बोलाउन प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष माग गरेका छन् । भारतीय कांग्रेसका नेता दिगविजय सिंहले सो माग गरेका हुन् । उनले प्रधानमन्त्री मोदीले जतिसक्दो चाँडो बैठक बोलाउन माग गरेका छन् । उनले भारतीय भूमिमा पछिल्लो चिनियाँ सेना प्रवेश गरेको भन्दै त्यस विषयमा आवश्यक छलफल गर्नका लागि पनि प्रधानमन्त्री मोदीले भारतको संसद बैठक बोलाउनुपर्ने माग गरेका हुन् । नेता सिंहले यस विषयमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले केही नबताएको भन्दै यस विषयमा संसदमा छलफल गर्नु आवश्यक रहेकोले संसदको बैठक बोलाउनुपर्ने बताए ।
चीन र भारतको सीमा क्षेत्र लदाखमा चिनियाँ सेनाको घुसपैठ भएको आरोप लगाउँदै यस विषयमा भारतीय संसदमा आवश्यक छलफल गर्नुपर्ने माग काँग्रेस नेताले गरेका हुन् । मंगलबार आफ्नो ट्विट अकाउन्टमा उनले सो माग राखेका हुन् । उक्त क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेको आरोप भारतले लगाएको छ भने चीनले यस आरोपको खण्डन गर्दै आएको छ । उक्त क्षेत्रमा सेनाको उपस्थितिका विषयलाई लिएर भारत र चीनबीच केही समययता विवाद पनि हुदै आएको छ । (रासस/एएनआई)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग
- विद्यालय भवन निर्माण मुक्तिनाथ विकास बैंकको सहयोग
- नेपाल क्लियरिङ हाउसको अध्यक्षमा थापा
- लक्ष्मी सनराइज बैंकले मनायो विश्व वातावरण दिवस
- नेपाल बैंकद्वारा सडक दुर्घटना न्यूनीकरण गर्न सडक डिभाइडर सहयोग
- सिटिजन्स बैंक र किरण आई हस्पिटलबीच सम्झौता
- ग्लोबल आइएमई बैंक र गुरु ट्राभल्सबीच सम्झौता
- एलिट क्यापिटलद्वारा हकप्रद निष्काशन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया