नेपालले आफ्नो स्थापनाकालदेखि नै असंलग्न पराराष्ट्र नीति अपनाउँदै आएको छ र कुनै पनि देशका विवादमा एक पक्षको पक्षपोषण गर्दैन । नेपालले अहिलेसम्म कुनै पनि राष्ट्रको नीतिमा नलाग्ने नीति अख्तियार गर्दै आएको थियो तर पछिल्लो समय नेकपाको सरकार बनेपछि नेपालको विदेश नीति उत्तरतर्फ ढल्केको जस्तो देखिन थालेको छ ।
विश्व परिदृश्यमा महाशक्ति राष्ट्र अमेरिका र चीनबीच विवाद बढ्दै गएको छ । सोभियत संघको पतनपछि दुई ध्रुवीय विश्व राजनीति अमेरिकाकेन्द्रित भएको थियो । त्यतिबेला पनि नेपालले कुनै पक्ष लिएको थिएन । सोभियत संघमा कम्युनिष्ट शासन थियो र अमेरिकामा पुँजीवादी व्यवस्था थियो । त्यतिबेला विश्वका साना–ठूला सबै राष्ट्र तानातानमा परेका थिए । त्यही तानातानको पीडाले असंलग्न पराष्ट्र नीतिको उदय भएको थियो । त्यसमा नेपाल पनि थियो ।
सोभियत संघको पतनपछि एकछत्र राज चल्यो । चीनको चुनौतीलाई अमेरिकाले असफल बनाउन चीनलाई घेर्ने नीति लिएको छ र त्यसलाई तोड्न चीनले पनि अमेरिका समर्थक राष्ट्रहरूलाई तनाव दिन थालेको छ । यही खिचातानीमा नेपाल अहिले उत्तरतर्फ ढल्किन थालेको दखिएको छ । चीनमा साम्यवादी शासन रहेको र नेपालमा पनि साम्यवादी दलले सरकार सञ्चालन गरेकोले पनि दुई राष्ट्रबीच समानता ल्याउन खोजिएको होला । तर, त्यसो गर्दा नेपालजस्तो दुई विशाल छिमेकीका बीचमा रहेको सानो र अविकसित राष्ट्र चेपुवामा परेर अप्ठ्यारोमा पर्न सक्छ । यसअघि दुई महाशक्ति राष्ट्रको चेपुवामा परेर जोगिएको नेपाल अहिले दुई छिमेकीको बीचको विवादको चेपुवामा पर्नसक्ने खतरा बढ्दै गएको छ ।
अहिले चीन र भारतबीच सीमामा घम्साघम्सी भइरहेको छ । अन्तर्राष्ट्रिय समुदायले चासो दिइसकेकाले युद्ध नै त नहोला कि भन्ने आसा छ । तर, हुनै नपर्ने घम्साघम्सीमा सैनिक मारिइसकेकाले यसै भन्न सकिने अवस्था छैन । दुई छिमेकीबीच युद्ध भए पनि र नभए पनि नेपाल त्यसको बीचमा पर्नु हुँदैन । अलग्गै हुनु पर्दछ । ती दुईमध्ये अहिले नेपाल चीनतर्फ ढल्किएको आरोप भारततर्फबाट लागिसकेको छ ।
यस्तो अवस्था रहिरह्यो भने नेपालले दोहोरो आक्रमणको मार खेप्नुपर्ने छ । त्यस्तो अवस्थामा हाम्रो स्वतन्त्र अस्तित्वमाथि संकट आउन सक्दछ । क्षणिक सत्ता स्वार्थका लागि सरकार एकातिर ढल्किँदा त्यस्तो समस्या आउनसक्ने सम्भावनालाई बेलैमा मनन गरिनु पर्दछ । काम बिग्रिएपछि पछुताउनुबाहेक अरु कुनै विकल्प रहने छैन । किनकी हाम्रो राष्ट्रसँग लडाइँको सामथ्र्य छैन । अर्को कसैको पुच्छर बनेर कुनै लडाइँ जित्न सकिँदैन । यस्तो अवस्थामा आफ्ना छिमेकीहरूसँग रहेका विवाद र मतभेदलाई वार्ताद्वारा समाधान गरेर आफूलाई तटस्थ राख्नु नै उचित हुनेछ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया