काठमाडौं, असार २५
आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाले अति विपन्न र अशक्त परिवारलाई राहत वितरण गरेको छ । जिल्ला सहकारी संघ काठमाडौंको संयोजनमा बुढानिलकण्ठ नगरपालिकामा बसोबास गर्ने २० घर परिवारलाई खाद्यान्न राहत वितरण गरिएको हो । बुढानिलकण्ठ नगरपालिकाका वडा नम्बर ४, ५ र ६ मा बासोबास गर्ने अति विपन्न र अशक्तहरूलाई प्रतिपरिवार एक बोरा चामल, पाँच केजी दाल, दुई लिटर तेल, पाँच प्याकेट नुनलगायतको खाद्यान्न वितरण गरिएको संस्थाका अध्यक्ष क्वायङ लामाले बताए । कोरोना भाइरसका कारण समस्यामा परेका दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई संस्थाले खाद्यान्न सहयोग गरेको हो ।
संस्थाले कोरोना भाइरसबाट सुरक्षित रहन आफ्ना सदस्य तथा समुदायमा मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री पनि वितरण गरेको थियो । सो अवसरमा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले सहकारीले सामाजिक उत्तरदायित्वअर्न्तगत अति समस्यामा परेका परिवारलाई सहयोग गर्दै आएको बताए । जिल्ला संघको समन्वयमा आइडियल यमुना सहकारीसहित अन्य सहकारीले पनि कोभिडका कारण समस्यामा परेका व्यक्ति तथा परिवारलाई राहत दिइरहेको उनले बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया