विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को असर सबै क्षेत्रमा परेको छ । यसको विश्वका बहुुसंख्यक राष्ट्रको अर्थतन्त्रलाई कमजोर बनाइदिएको छ । करोडौं श्रमिकको रोजगारी गुमाइदिएको छ । कोरोनाकै कारण अर्थतन्त्रको नियमित चित्र नै बिथोलिएको छ । विश्वका सबै देशको अवस्था अहिले यस्तै छ ।
यो अवस्थाबाट आफ्नो देशको अर्थतन्त्रलाई जोगाउनको लागि सबैजसो देशको सरकारले विशेष आर्थिक प्याकेजको घोषणा गरेका छन् । जहाँसम्म हाम्रो देश नेपालको कुरा छ, नेपालले पनि कोरोना भाइरसको असरबाट अर्थतन्त्रलाई जोगाउनको लागि चालू आर्थिक वर्षको बजेटमार्फत झनै विशेष किसिमको राहत प्याकेज ल्याएको छ । उद्योगी व्यवसायीहरुलाई व्यवसाय विस्तारमा विभिन्न किसिमका नीतिगत सहुुलियत सरकारले दिएको छ ।
यसको बाबजुुद पनि बजेटमा लिएको आर्थिक लक्ष्यलाई मौद्रिक लक्ष्यमा रुपान्तरण गर्ने जिम्मेवारी लिएको नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिले कोरोना भाइरसबाट कमजोर बनेको अर्थतन्त्रलाई सबल बनाउनको लागि एकैसाथ धेरै योजनाहरु अघि सारेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको गभर्नरको हैसियतमा पहिलोपटक आएको मौद्रिक नीतिले धेरैलाई राहत दिने अपेक्षा गरिएको छ ।
आम नागरिकले मौद्रिक नीतिले कमजोर अर्थतन्त्रलाई माथि उकास्ने अपेक्षा गर्नुुको प्रमुुख कारण पनि मौद्रिक नीतिले सबै क्षेत्रको सुझावलाई समेटिएको छ । उद्योगी, व्यवसायी, यातायात, कृषि, पर्यटन, साना तथा मझौला व्यवसायी सबैको समस्यालाई मौद्रिक नीतिले सम्बोधन गरेको छ ।
कोरोनाबाट प्रभावित क्षेत्रका व्यवसायीहरुलाई अति प्रभावित, कम प्रभावित र प्रभावित क्षेत्रको रुपमा वर्गीकरण गरी सोहीअनुुसार बैंक तथा वित्तीय संस्थाहरुको कर्जा चुक्ता गर्ने अवधि थप गर्ने, ब्याज छुुट दिने, आवश्यकताअनुसार सहुुलियतपूर्ण रुपमा पुनर्कर्जा दिने, उत्पादनमूलक क्षेत्रमा कर्जा बढाउने नीतिअनुुरुप कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा कर्जा बढाउने योजना राष्ट्र बैंकले अघि सारेको छ । यो सबै गरिरहँदा कर्जा र निक्षेपबीचको ब्याजदर अन्तरलाई समयसापेक्ष बनाउने, वित्तीय क्षेत्रमा देखिएको संस्थागत सुशासनको कमीका घटनालाई निरुत्साहित गर्ने, वित्तीय क्षेत्रलाई थप सबल र व्यवस्थित गर्न मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्दै यो प्रक्रियामा जानेलार्ई अनिवार्य नगद मौज्दात, स्प्रेडदरलगायतका विभिन्न विषयहरुमा नीतिगत सहुुलियत दिने व्यवस्था गरेको छ ।
वास्तवमा मुुलुकको केन्द्रीय बैंकको रुपमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत जति पनि नीति नियमहरु बनाएको छ । यो सबै कोभिड १९ का कारण कमजोर बनेको मुुलुकको अर्थतन्त्रलाई माथि उकास्नको लागि गरेको हो । राष्ट्र बैंकको यो कार्यमा सबैले साथ दिनुुपर्छ । विभिन्न विषयमा जारी भएका नीति निर्देशनहरुलाई पालना गरी सिंगो मुुलुकको वित्तीय क्षेत्रलाई माथि उकास्ने दायित्व सबै बैंक तथा वित्तीय संस्था, ग्राहक, सबै किसिमका उद्योगी व्यवसायी एवं सर्वसाधारणको रहेको छ । यो दायित्वबाट कोही पनि पन्छिनुु मिल्दैन । सबैले आफ्नो दायित्व पूरा गरेर अर्थतन्त्रलाई जोगाउनुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया