राम जन्मभूमिप्रति प्रधानमन्त्रीको चिन्ता
देशमा कोरोना महामारीको अवस्था भई हरेक मान्छेमा यसबाट कसरी जोगिने भन्ने छटपटी बढिरहेको बेला प्रधानमन्त्रीमा देखिएको राम जन्मभूमिको चिन्ता समाचारको प्रमुख विषय बन्यो । प्रधानमन्त्रीको यो चिन्ता र चासोले नै देशमा भव्यरूपको राम जानकी मन्दिर निर्माणको एकप्रकारले प्रारम्भजस्तै भयो । राम जन्मभूमि मानिएको ठाउँबाट प्रधानमन्त्रीलाई भेट्न भनी चितवनको माडी नगरपालिकाको टोली काठमाडौँ आयो । त्यो टोलीलाई प्रधानमन्त्रीले विशेषरूपमा तत्कालै काठमाडौं आउन र आफूलाई भेट्न भनी निम्ता पठाइएका थिए । त्यस्तो निम्ता पनि आफैँले प्रत्यक्ष टेलिफोन गरेर दिइएको थियो ।
प्रधानमन्त्रीले आपतकालीनजस्तै गरी विशेषरूपले बोलाएपछि चितवन माडी नगरको विशेष टोली काठामाडौँ आयो । वास्तवमा नै यो नगरमा कुनै ठूलो दैविक प्रकोप वा त्यस्तै कुनै मानवीय ठूलो क्षति भएर त्यससँग जुध्नका लागि प्रधानमन्त्रीले आफ्ना अरु सबै अङ्गहरूलाई विश्वास नगरेर टोलीलाई नै आफ्नो निवासमा बोलाइएको हो कि जस्तोे लाग्छ । तर विषय वा यस्तो तत्परता राम मन्दिरकै सन्दर्भमा थियो ।
यो समय तराईबाट एउटा नगरको पूरै प्रतिनिधिमण्डल काठमाडौँ र त्यसमाथि प्रधानमन्त्री निवास आउने खालको थिएन । तराईकै एक मन्त्रीले केही पहिले मात्र प्रधानमन्त्रीलाई भेटेरे केही कुरा गर्दा र सामूहिक फोटो खिचाउँदा मात्रै पनि कोरोना सारेको भन्ने शंकामा प्रधानमन्त्रीको स्वाब परीक्षण भएको हप्तादिन पनि बितेको थिएन । यस्तो बेला यो टोली प्रधानमन्त्रीको विशेष निमन्त्रणामा काठमाडौं आएको भन्ने समाचारले वास्तवमा नै जिज्ञासा बढाउने भयो नै । साथै यो टोली आउनासाथ बालुवाटारमा प्रवेश भयो र प्रधानमन्त्रीसँग अढाइ/तीन घण्टाको समय पायो । प्रधानमन्त्रीले माडी अयोध्याबारे छलफल गर्नुपर्ने भयो, तपाईंसहितको टोली काठमाडौँ आउनुस् भन्नुभयो, त्यसैले अहिले जान लागेका हौँ भन्दै यो टोलीले उताबाट हिँड्ने बेला पत्रकारलाई बताएका थिए भन्ने कुरा त सार्वजनिक भयो नै ।
केही पहिले प्रधानमन्त्रीले आफ्नै निवासमा आयोजित एउटा कार्यक्रममा (असार २९ गते भानु जयन्ती अवसर) पर्साको यही ठोरी र चितवनको माडी क्षेत्र भगवान रामको जन्मभूमि हो भनी पहिलो पटक जानकारी दिएको कुरा त्यस्तै पहिलोपटक नै सार्वजनिक भएको थियो । नेपालको भूमिमा भगवान रामको जन्म भएको भन्ने प्रधानमन्त्री तहको दाबी वास्तवमा नै यो देशका लागि सामान्य कुरा थिएन । यसले नयाँ प्रकारको अध्ययन अनुसन्धानको प्रारम्भ गराएको थियो । यो कुरा पुष्टि भएको अवस्थामा त देशले धेरै नै ठूलो प्राप्ति गर्नेछ । त्यसै कारण प्रधानमन्त्रीको यो भनाइ धेरै चर्चामा आएको हुनुपर्छ ।
उक्त टोलीलाई प्रधानमन्त्रीले जे अराए त्यसले माडी क्षेत्रमा युद्धस्तरमा नै हुनेगरी सिता र रामको मन्दिर बन्ने भयो । त्यसमा हनुमान र लक्ष्मण पनि पर्ने भए । आउँदो रामनहमीमा त्यस्तो भव्यतासहितको मन्दिर उद्घाटन हुने भयो । यो निर्माणका लागि स्रोतको अभाव नहुने भयो । यसका लागि प्रधानमन्त्रीले आफैँले जिम्मा लिने कुरा आएको छ । यो अर्थमा चितवनमाडीको यो क्षेत्र वास्तवमा नै अब राममय हुने भयो नै । त्यति मात्र होइन यो काम विकासमको एउटा नमुनाका रूपमा पनि आउला । प्रधानमन्त्रीले आफैँले चासो देखाएको र प्रधानमन्त्रीले भनेअनुसार भए देशको गौरव बढ्ने कुरा आफैँ पनि सामान्य होइन । यतिबेला एउटा मात्रै चिन्ताको कुरा हो, यो कामले प्रधानमन्त्रीको नजरमा कोरोना महामारी ओझेलमा नपरोस् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया