काठमाडौं, पुस ८
सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक रामशरण पौडेलले पदको दुरुपयोग गरेर आफ्नै संगठनमा कार्यरत एक प्रहरीलाई चेक चोरी गरेको आरोपमा फसाइदिने धम्की दिएका छन् । गोरखा मूल घर भएका एआईजी पौडेलले नुवाकोट तारुकाका एक व्यक्तिसँग मिलेर धादिङ घर भएका सशस्त्र प्रहरी बलमै कार्यरत एक जनालाई चेक चोरीमा फसाइदिने धम्की दिएका हुन् ।
सशस्त्रका प्रहरीले नुवाकोट तारुकाका व्यक्तिलाई पाँच लाख रुपैयाँ सापट दिएको रकम वर्षौँसम्म फिर्ता नगरेपछि चेक काट्न लगाएका थिए र उक्त चेक पनि नसाटिएपछि चेक बाउन्समा उजुरी गर्न रोक्न रकम नतिर्ने व्यक्तिको पक्षमा लागेर एआईजी पौडेलले उल्टै प्रहरीलाई फसाइदिने धम्की दिएका हुन् । सशस्त्र प्रहरीलाई यसरी लेनदेन केस हेर्ने अधिकार नै नभए पनि उनले आफ्ना फाइदाको लागि पदको दुुरुपयोग गरेर प्रहरीलाई धम्क्याएका हुन् ।
यसअघि त्यसैगरी अर्का एआईजी नारायणबाबु थापाले एक जना हवल्दारलाई कार्यालयमै हात हाल्दा उनलाई प्रचण्ड निवास बोलाएर आइन्दा त्यस्तो गल्ती नदोहो-याउन चेतावनी दिइएको थियो । नेतृत्वले बाटो बिराएको थाहा पाएपछि केही समययता सशस्त्र प्रहरी बलमा पदको दुरुपयोग गरी यस्तो अराजकता मौलाउँदै गएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- देशमा लगानीको वातावरण बन्दै गएको छ स् अध्यक्ष अग्रवाल
- बझाङमा उत्साहपूर्वक मतदान हुँदै
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
- आज इलाम र बझाङमा उपनिर्वाचन
- पाठ्यक्रममै प्रविधिको विकास गरौँ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया