Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी

अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी

चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी एन्टोनी ब्लिङ्कनलाई चीनको मामिलामा अमेरिकाले “सीमा नाघ्न नहुने” बताएका छन्।

यी दुई देशका विदेशमन्त्रीहरूले शुक्रवार चीनको राजधानी बेइजिङमा भेटवार्ता गरेका हुन्।

चिनियाँ विदेशमन्त्री वाङले बैठक सुरु गर्दै भने, “चीन र अमेरिका सही दिशातर्फ अघि बढेर स्थिरता कायम गर्नुपर्छ कि अधोगतितर्फ मोडिनुपर्छ?”

उनको उक्त मन्तव्य कूटनीतिक रूपमा बढी चेतावनीपूर्ण जस्तो देखिएको छ।उनले चीन-अमेरिका सम्बन्ध स्थिर हुन थालेको तर अझै पनि “नकारात्मक कुराहरू”ले गर्दा त्यसको परीक्षण भइरहेको बताए।

अमेरिकी विदेशमन्त्री ब्लिङ्कन एक वर्षभित्र दोस्रो पटक तीन दिने भ्रमणमा चीन गएका हुन्।
चिनियाँ राष्ट्रपतिले के भने?शुक्रवारै चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेट गर्दै उनले आफ्नो चीन भ्रमणका औपचारिक भेटघाट टुङ्ग्याएका छन्।

चिनियाँ राष्ट्रपतिले ब्लिङ्कनलाई अमेरिका र चीन “प्रतिस्पर्धी नभइ साझेदार हुनुपर्ने” बताएका छन्।

उनले साझेदार भएकाले दुई देशबीच “खराब खालको प्रतिस्पर्धा” हुनु नहुनेमा पनि जोड दिए।

वाङ यी र ब्लिङ्कनबीच भने सीसँगको भेटभन्दा केही घण्टाअघि कुराकानी भएको थियो।

उक्त कुराकानीअघि शुक्रवार नै चिनियाँ विदेशमन्त्रीले दुवै देशहरूले कि सहकार्य गर्नुपर्ने वा त्यस्तो नभए टकराव हुने र त्यसले द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिएका थिए।चीनको चासो र मामिला

उनले चीनको मुख्य चासो र चिन्ता उसको सम्प्रभुता, सुरक्षा र विकास भएकाले त्यसलाई ननाघ्न अमेरिकालाई चेतावनी दिए।

“सम्बन्धमा नकारात्मक कुराहरू अझै बढिरहेका छन् र भइरहेका छन् अनि सम्बन्धले सबैखालका गतिरोधहरू खेपिरहेको छ,” उनले भने।

“चीनका विकाससम्बन्धी वैधानिक अधिकारहरू कारणविनै दबाइएका छन् र हाम्रा मुख्य चासो तथा हितले चुनौतीको सामना गरिरहेका छन्।”

वाङले ती चुनौतीहरू के हुन् भन्ने खुलाएनन्। तर यी दुई महाशक्ति राष्ट्रबीच कैयौँ संवेदनशील मामिलामा विवादहरू कायम छन्।

त्यस्ता कुरामा दुई देशको साउथ चाइना सीमा भइरहेको उपस्थिति, ताइवान सरकारलाई अमेरिकाले दिइरहेको सहायता र मानवअधिकारलगायतका विषयहरू छन्।ब्लिङ्कनले के भने?

ब्लिङ्कन भने सञ्चारमाध्यमसमक्ष वाङ यी भन्दा बढी सचेत अवस्थामा प्रस्तुत भए।

उनले “सक्रिय कूटनीति”तर्फ अघि बढ्नका लागि बेइजिङ र वाशिङ्टन दुवैको साझा जिम्मेवारी भएको बताए।

उनले “अघि बढ्नका लागि दुई देशबीच प्रत्यक्ष कुराकानीको कुनै विकल्प नभएको”मा जोड दिए।

आफ्नो देशका मात्र नभइ विश्वभरिका मानिसहरूका लागि पनि दुई देशको सम्बन्धको अर्थ हुने भएकाले आफूहरू त्यसमा सचेत बन्नुपर्ने उनको भनाइ थियो।

उनले दुई देशबीच कस्ता कुरामा मत मिल्दैनन् भन्नेमा पनि स्पष्ट हुनुपर्ने ब्लिङ्कनले बताए।बेइजिङमा गरेको पत्रकार सम्मेलनमा ब्लिङ्कनले भनेका मुख्य कुरा:

चिनियाँ अधिकारीहरूसँगको कुराकानीमा आफूले युक्रेन युद्धमा रुसलाई चीनले गरिरहेको सहायताबारे चासो र चिन्ता व्यक्त गरेको ब्लिङ्कनले बताए।
उनले चिनियाँ अधिकारीहरूसँग साउथ चाइन सीमा भएका “खतरनाक गतिविधि”बारे पनि कुरा गरेको जानकारी दिए।
अमेरिकामा हुनसक्ने टिकटकको सम्भावित प्रतिबन्धबारे आफ्नो भ्रमणका क्रममा चिनियाँ अधिकारीहरूसँग कुराकानी नभएको ब्लिङ्कनको भनाइ छ।
गाजामा जारी द्वन्द्व मध्यपूर्वको बृहत् क्षेत्रमा फैलन नदिनका लागि चीनले प्रमुख कूटनीतिक भूमिका खेल्न सक्ने ब्लिङ्कनले बताएका छन्।
उनले उक्त क्षेत्रमा तनाव बढाउने थप कार्य नगर्न इरानलाई निरुत्साहित गर्न पनि चीनले भूमिका खेल्नु पर्ने बताए।
ब्लिङ्कनले चीन र अमेरिकाबीच दरिलो आर्थिक साझेदारी हुनुपर्नेमा जोड दिए। तर त्यो “समान अवसरका साथमा” हुनुपर्ने बताए।चीनलाई वासिङ्टनको चेतावनी

औपचारिक भेटघाटहरूपछि बेइजिङमा बीबीसीसँग कुराकानी गर्दै ब्लिङ्कनले यदि चीनले युक्रेनमा आक्रमण गर्न प्रयोग हुने वस्तु रुसलाई आपूर्ति गर्न नरोके अमेरिकाले कदम चाल्ने चेतावनी दिएका छन्।

उनले चिनियाँ समकक्षीलाई “उनीहरूले युरोपेली सुरक्षाका लागि शीतयुद्ध पछिको सबैभन्दा ठूलो खतरालाई सहयोग गरिरहेको” स्पष्ट पारेको बताए।

यदि चीन पछि नहटे अमेरिकाले कस्ता कदमहरू चाल्नेछ भन्ने चाहिँ उनले उल्लेख गरेनन्।

तर उनले केही क्षेत्रमा भएको प्रगतिप्रति चीनको योगदान रहेको भन्दै प्रशंसा गरे।पछिल्लो तनावचीन र अमेरिकाबीच विभिन्न हालै पनि विभिन्न विषयमा तनावहरू देखिएका छन्।

त्यस्ता विषयमा यसै साताको सुरुमा वाशिङ्टनले ताइवानलाई सैन्यसहित अन्य सहायता दिन गरेको निर्णय पनि पर्छ।

उक्त निर्णयप्रति बेइजिङले कडा प्रतिक्रिया दिँदै त्यो “एक चीन नीतिको गम्भीर उल्लङ्घन” भएको बताएको थियो।

स्वशासित ताइवानलाई चीनले आफ्नो छुट्टिएको भूभाग मान्छ र अन्तत: त्यो बेइजिङ मातहत आउनुपर्ने ठान्छ। तर ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्छ।

ब्लिङ्कनले अमेरिकी संसद्‌ले चिनियाँको स्वामित्त्व रहेको टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने कानुन पारित गरेको केही दिनमै बेइजिङको भ्रमण गरेका हुन्।काठमाडौ,
(बीबीसी)

ब्लिङ्कनले अमेरिकी संसद्‌ले चिनियाँको स्वामित्त्व रहेको टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने कानुन पारित गरेको केही दिनमै बेइजिङको भ्रमण गरेका हुन्।(बीबीसी)

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

ताजा अपडेट