भारतबाट माछापुच्छ्रे बैंकमा अतिरिक्त शुल्कबिना नै पैसा पठाउन सकिने
काठमाडौँ ।
भारतबाट माछापुच्छ्रे बैंकमा बिनाकुनै अतिरिक्त शुल्क पैसा पठाउन सकिने भएको छ । बैंकले रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरूले भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत बिनाकुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको हो ।
चाडबाडको समयलाई लक्षित गरी यही असोज १२ गतेदेखि दुुई महिनासम्म भारतमा रहेका नेपालीहरूले त्यहाँस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरी भारतका जुनसुकै स्थानबाट नेपालमा बिनाकुनै अतिरिक्त शुल्क पैसा पठाउन सकिने छ । यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रेका एक सय ६० शाखा, एक सय ३३ शाखारहित बैंकिङ सेवालगायत देशभर रहेका १० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिनेछ ।
स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको बैंकले पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराइसम्म आफ्ना एक सय ६० वटा शाखाहरू, एक सय ३३ शाखारहित बैकिङ सेवा र पाँचवटा एक्सटेन्स काउन्टर समेत गरी जम्मा दुुई सय ९८ स्थानमा रहेका सेवा सञ्जाल तथा एक सय ९९ वटा एटीएमहरू तथा एक हजारभन्दा बढी पीओएसमार्फत ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पणर््ूा बंैकिङ सुविधा प्रदान गरिहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपाली अर्थतन्त्रका दुई खम्बा, निर्माण र उद्योग, निरन्तर ओरालो लाग्दै, अवस्था ‘चिन्ताजनक’
- शिवम् सिमेन्ट्सको नाफा ९ प्रतिशतले बढ्यो
- दक्षिण कोरियाले यो वर्षदेखि ‘होटल र रेस्टुराँ’मा पनि नेपाली कामदार लिने, जाने प्रक्रिया के?
- सोनापुर मिनरल्सको खुद नाफा ऋणात्मक
- लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा हुने
- यस्तो छ आजको विदेशी मुद्राको विनियमदर
- साताको शेयर बजार : साढे १ प्रतिशतको गिरावट, औषत कारोबारमा पनि कमी
- मन्त्री परिषदको निर्णय : विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया