Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरू सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरू सम्पन्न


काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरी, युवा क्लब, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोगका कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकको बेलौरी शाखाद्वारा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरलाई लागुऔषधसम्बन्धी जनचेतनामूलक बोर्डहरू हस्तान्तरण गरिएको छ । वडा क्षेत्रभित्र लागुऔषध अपराधसम्बन्धी जनचेतनामूलक बोर्डहरू राखी त्यस्ता कार्यलाई निरुत्साहित गर्न मद्दत पु¥याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो । बैैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सुनिलकुमार नेपालले इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका कार्यालय प्रमुख गौरीप्रसाद जैशीलाई उक्त बोर्डहरू हस्तान्तरण गरेका हुन् ।

बैंकको कोटेश्वर शाखाद्वारा काठमाडौं महानगरपालिका –३२, कोटेश्वर समाज सुधार युवा क्लबलाई खानेपानीको ट्याङ्की हस्तान्तरण गरिएको छ । क्लब भवनमा खानेपानीको धारा जोडिएको तर पानी जम्मा गर्ने ट्याङ्कीको आवश्यकता भएको हुँदा बैंकले उक्त सहयोग गरेको हो । कोटेश्वर शाखाका प्रमुख उत्सव मकाजुले युवा क्लवका अध्यक्ष सुवास कुमार रिमाललाई उक्त ट्याङ्की हस्तान्तरण गरेका हुन् । त्यस्तै, इटहरी शाखाद्वारा इटहरी उपमहानगरपालिका–२०, तरहरा सुनसरीमा अवस्थित श्री बाल बहुभाषीय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि स्कुल ब्याग, कापी तथा अन्य आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । विद्यालयमा न्यून आयस्रोत भएका परिवारका बालबालिकाहरू अध्यनरत भएकाले शैक्षिक आवश्यकता पूरा गर्न सहजता मिलोस् भन्ने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो । बैैंकको कोशी प्रदेश प्रमुख दिपककुमार गुप्ताले विद्यार्थीहरूलाई उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी बैंकको शिशुवा शाखाद्वारा पोखरा म.न.पा. ३० स्थित शिशुवा बजार क्षेत्रलाई समेट्ने गरी सीसी क्यामेरा जडान गरिएको छ । शिशुवा बजार क्षेत्रभित्र सम्भावित विभिन्न आपराधिक क्रियाकलाप साथै सवारी दुर्घटनामा समेत नियन्त्रण हुने विश्वासका साथ बैंकले उक्त सहयोग गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया