एसियन लाइफका सञ्चालक प्रधानाङ्गद्वारा राजीनामा
काठमाडौँ ।
एसियन लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक श्रीमती शिल्पा प्रधानाङ्गले राजीनामा दिएकी छिन् । कम्पनीका अनुसार उनले आफ्नो व्यक्तिगत कारण देखाई राजीनामा दिएकी हुुन् । सञ्चालक प्रधानाङ्गले दिएको राजीनामालाई कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको एक सय ५३औं बैठकले स्वीकृत गरेको छ । कम्पनीका अनुसार सञ्चालक प्रधानाङ्गले संस्थापक सेयरधनी समूह गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको तर्फबाट उक्त कम्पनीमा प्रतिनिधित्व गर्दै आएकी थिइन् ।
हाल चुक्ता पुँजी दुई अर्ब एक करोड सात लाख ६० हजार सात सय २० रुपैयाँ रहेको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा १८ करोड १८ लाख ६३ हजार दुई सय ८० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १० करोड १९ लाख २६ हजार नौ सय ७० रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपाल व्यवस्थापन संघद्वारा आयोजित प्रि बजेट छलफल सम्पन्न
- ‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
- गोविन्द केसीको आमरण अनशन सुरु
- राप्तीसोनारीमा फैलिएको झाडापाखालाबाट २९ जना बिरामी
- संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा’
- मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
- सत्ता केन्द्रित राजनीतिले बिगारेको देश
- नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया