हुलाकी सडक निर्माण तीव्र, १२ किलोमिटर सडक कालोपत्रे
लहान ।
पूर्वपश्चिम हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीखण्डमा निर्माणकार्य तीव्र रुपमा अघि बढेको छ । पूर्वमा सप्तरी सदरमुकाम राजविराजदेखि पश्चिममा सिरहा बजारसम्म करिब ५४ किलोमिटरको उक्त सडकखण्डमा पुलसँगै सडक निर्माणको काम तीव्र रुपमा भइरहेको छ । पूर्वमा राजविराजदेखि पश्चिममा बलानसम्मको सप्तरी खण्डमा करिब १२ किलोमिटर सडक कालोपत्र गरिसकेको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभीका कन्ट्याक्ट म्यानेजर कमल प्रसाद यादवले जानकारी दिए ।
बाँकी सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको उनको भनाइ छ । उनका अनुसार करिब २५ किलोमिटरको सो सडकखण्डमा अहिले ११ वटा पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । डीभीएम सात मिटर र दुवै छेउको सोलजर दुई/दुई मिटर गरी ११ मिटरको सडक निर्माण भइरहेको छ । वि.सं. २०७७ असार मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्षय लिएको भए पनि सडक निर्माणका क्रममा विभिन्न स्थानमा स्थानीयवासीले जग्गा विवादलाई लिएर अदालतमा मुद्दा हालेको र समयमा पुलहरू निर्माण नहुँदा काम अपेक्षाकृत रुपमा अघि बढाउन नसकिरहेको म्यानेजर यादवको भनाइ छ ।
यस्तै पूर्वमा बलानदेखि पश्चिममा सिरहा बजारसम्मको २९ किलोमिटर सडकमा समेत निर्माणको काम तीव्र गतिमा भइरहेको छ । सो सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै सकिने गरी काम तीव्र गतिमा अगाडि बढाएको बताएको छ । दुई लेनको उक्त सडक कालोपत्र गर्न एक अर्ब २० करोड २० लाखमा सम्झौता भएको ठेक्केदार कम्पनीका इन्जिनियर चन्द्र यादवले जानकारी दिए । तीन वर्षभित्र काम सकिने गरी सम्झौता भएको र हालसम्म करिब ५५ प्रतिशत कार्य सम्पन्न भइसकेको उनको भनाइ छ ।
तराई मधेशकै विकासको मेरुदण्डको रुपमा लिएको हुलाकी सडकको निर्माणको काम सुरु भएपछि यस भेगका सर्वसाधारणसमेत खुसी भएका छन् । हुलाकी सडक निर्माण भएपछि मधेशको विकासले गति लिनुका साथै हजारौं युवाको रोजगारीको अवसर सिर्जना हुने स्थानीयवासीको दाबी छ । हुलाकी सडक जीर्ण हुदाँ सर्वसाधारण सास्ती व्यहोर्दै आएका थिए । सडक निर्माण भएपछि सहज रुपमै सदरमुकामसम्म पुग्न सकिने स्थानीयवासीको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा
- कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०८१ का सिद्धान्त, उद्देश्य र प्राथमिकता पेस
- नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु
- कोरोनाको नयाँ भेरियन्ट : सङ्क्रामक तर घातक कम
- तिनाउ नदीमा डुबेर मृत्यु
- धुलो उठाउन सहयोग नगरेको भन्दै सडक विभागमा महानगरको गाडीबाट धुलो झारियो
- किमाथाङ्कासहित चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा आउँदै
- हेटौँडामा सवारी दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया