मंगलबार भारतमा सन् २०२१ सुरु भएयताकै बढी कोरोना संक्रमण
नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्यामा फेरि वृद्धि हुनथालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार नौ सय तीन जना संक्रमित भएका हुन् । यसअघि एक दिनमा संक्रमितको संख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो । गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष सुरु भएयताको नै सबैभन्दा बढी हो ।
भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड १४ लाख ३८ हजार सात सय २४ पुगेको सो मन्त्रालयले जनाइएको छ । कुल संक्रमितमध्ये दुई लाख ३४ हजार चार सय छ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड १० लाख ४५ हजार दुई सय ८४ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा कोरोना संक्रमणबाट एक सय ८८ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या एक लाख ५९ हजार ४४ पुगेको बुधबार जनाइएको छ ।
भारतमा जनवरीबाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म तीन करोड ५० लाखभन्दा बढीले खोप लगाइसकेका छन् । त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार मंगलबारसम्म भारतमा २२ करोड ९२ लाख ४९ हजार सात सय ८४ जनाको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकै दिनमा नौ लाख ६९ हजार २१ जनाको कोरोना परीक्षण गरिएको छ । (रासस/सिन्ह्वा)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सुर्खेत जिप दुर्घटना अपडेट : चार जनाको मृत्यु, दुई घाइते
- विपिन जोशीसहित सबै एक सय २५ जनाको रिहाइको माग
- दोस्रो पटक प्रयास गर्दा पनि अमेरिकाले दिएन सन्दीपलाई भिसा
- ‘औपचारिक शिक्षा नपाएकालाई सीपमूलक तालिम प्रभावकारी हुने’
- एक महिनादेखि खानेपानीको अभाव: होटल व्यवसायी मर्कामा
- काठमाडौँ उपत्यकाको आजको तापक्रम ३३ डिग्री
- दुई हजार ६९ बिन्दुमा खुम्चियो सेयर बजार
- गणतन्त्रप्राप्तिपछि मुलुकको विकासले गति लिएको छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया