सूर्यविनायक हरित कृषि थोक बजारमा २० प्रतिशत छुटको व्यवस्था
काठमाडौं ।
नयाँं वर्ष २०७८ को अवसरमा देशकै ठूलो तरकारी बजारमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । भक्तपुरस्थित नेपालकै ठूलो भनिएको सूर्यविनायक हरित कृषि थोक बजार प्रालिमा तरकारी तथा फलफूलमा केही दिनका लागि यो छुटको व्यवस्था गरिएको जनाएको छ ।
सूर्यविनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईले नयाँं वर्षको अवसरमा पहिलो पटक यो छुटको व्यवस्था गरेको जनाए । प्रालिले ल्याएको यो छुटको व्यवस्थाको भरपुर फाइदा उठाउन उनले सवैसँग अनुरोध गरे । कृषि बजार हालसालै मात्रै सञ्चालनमा ल्याइएको हो । यो बजार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ आदर्श सिपाडोल क्षेत्रमा रहेको छ ।
अरनिको राजमार्गअन्तर्गत आदर्श बस बिसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रको यो बजार रहेको छ । कृषि बजार आधृनिकरुपमा बनाइएको छ । त्यसको लागि भित्र प्रवेश गर्ने प्रवेशद्वार र बाहिर निस्कनका लागि छुट्टाछुट्टै दुईवटा प्रवेशद्वारको व्यवस्था गरिएको छ । एउटा प्रवेशद्वार अरनिको राजमार्ग जाडिएको छ भने अर्को सिपाडोल जाने मेन रोडसँंग जोडिएको छ ।
कृषि बजारमा तरकारी राख्न ल्याउने गाडीहरुको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको जनाएको छ । साथै त्यहाँं पार्किङको पनि व्यवस्था छ । कृषि बजारभित्रसम्म तरकारी पु-याउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ । ३२ करोडको लगानीमा सञ्चालित यो नेपालकै अहिलेसम्मको सबैभन्दा ठूलो व्यवस्थित कृषि बजार हो । बजारभित्र साढे सात सय स्टलहरु रहेको छन् । बजार प्रत्येक दिन बिहान दुई बजेदेखि बेलुकी आठ बजेमा खुल्ला रहने जनाइएको छ । बजारको मुख्य उद्देश्य होलसेलको रुपमा स्थापना गर्ने भए पनि स्थानीयको लागि खुद्रा बिक्री पनि गर्ने जनाइएको छ ।
काठमाडौंको कालीमाटी बजार बस्तीभित्र भएको कारण त्यहाँ गाडी भित्र लान बेलुकीसम्म कुर्नुपर्ने भएकोले तरकारी खराब हुने सम्भावना धेरै भएको तर यहाँ त्यस्तो समस्या नआउने बताइएको छ । यो पूर्वी नाकाबाट आउने सबै तरकारीहरु यही पु-याएर यहीँबाट काठमाडौंलगायतका ठाउँंहरुमा पुयाउन सकिने जनाइएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया