लण्डन बियर प्रतियोगितमा अर्ना बियर विजयी
काठमाडौं ।
संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा गत मार्च १७ मा आयोजित ‘लण्डन बियर कम्पिटिसन २०२१’ मा अर्ना आठ तथा अर्ना लाइट बियरले क्रमशः रजत र कांस्यपदक हासिल गर्न सफल भएको छ । जुन विश्व बियर उद्योगमा सर्वोच्च मान्यताप्राप्त प्रतियोगिता हो ।
यति ब्रुअरी प्रालिले तीनवटा फरक–फरक विधामा उच्च अंक प्राप्त गरी विशिष्ट श्रेणीको अवार्ड जितेको हो । अर्ना बियरले गुणस्तर, उपयोगिता र प्याकेजिङमा उच्च अंक प्राप्त गरेर यो सम्मान पाएको कम्पनीले जनाएको छ । योसँगै अर्ना बियर अन्तर्राष्ट्रिय बियर अवार्ड जित्ने पहिलो नेपाली ब्रान्ड बनेको छ ।
लन्डन बियर कम्पिटिसनको लक्ष्य उपभोक्ताले रुचाएका बियरलाई सम्मान गर्नु र उत्सव मनाउनु हो । प्रतिस्पर्धाका निर्णायकले थुप्रै नयाँ तथा पुनः खोज गरिएका शैलीहरूको विभिन्न विधाहरुमा मूल्यांकन गरी विजेता घोषणा गरेका थिए । लण्डन बियर प्रतिस्पर्धाले गुणस्तरलगायत यसको उत्पादन क्षमता, प्राविधिक विशेषज्ञता एवम उपभोक्ता तथा अन्य सहभागीहरुलगायतको रोजाइको प्रतिनिधित्व समेत गर्दछ ।
यस स्पर्धाका निर्णायकहरु बियर उद्योगका विभिन्न पक्षका विशेषज्ञहरु विश्लेषक, उत्पादन पक्ष, बिक्रीवितरण, व्यापार प्रवद्र्धन पक्ष, शैक्षिक क्षेत्रलगायतको प्रतिनिधित्व हुने गरी छनोट गरिएको थियो । अर्ना ८ ले १०० पूर्णांकमा ८५ अंक प्राप्त गरी रजत पदक प्राप्त गर्न सफल भयो भने अर्ना लाइटले ७२ अंकका साथ कांस्यपदक प्राप्त गरेको छ । यो जित यति ब्रुअरी प्रालिको मात्र नभई मुलुककै लागि पनि गर्वको विषय भएको कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया