काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एसोसियसन (नाडा)ले भन्सार सहजीकरणका लागि भन्सार विभागसँग आग्रह गरेको छ । बुधबार नाडाका नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय प्रतिनिधि मण्डलले विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई स्वागत गर्दै भन्सार सहजीकराण गर्न आग्रह गरेका हुन्।
भेटवार्तामा भन्सार विभागबाट हालै जारी भएको भन्सार निर्देशिकालगायतका विभिन्न विषयमा छलफल गरेको नाडाले जनाएको छ । भेटमा अध्यक्ष दुलालले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै नेपालको अटोमोबाइल क्षेत्र राज्यलाई सर्वाधिक राजस्व बुझाउने क्षेत्र भएको बताए । छलफलको क्रममा अध्यक्ष दुलालले नाडा र भन्सार विभागबीच सूचना आदानप्रदान गर्ने विषयमा सहकार्य गरेर अघि बढ्ने विषयमा लिखित समझदारी समेत भइसकेको जानकारी गराए ।
यस्तै, महासचिव सुनिल रिजालले यचयस कोड परिवर्तन र साफ्टा सुविधाअन्तर्गत आउने अटोमोबाइल वस्तुहरूको वर्गीकरणमा स्पष्टता हुनुपर्ने बताए । त्यसैगरी सो छलफलमा कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले एलसी खोली व्यवसाय गर्दा पनि भन्सार नाकाहरूमा पर्ने समस्याहरूबारे जानकारी गराए ।
उक्त छलफलको क्रममा महानिर्देशक सापकोटाले विभागले व्यवसायीहरूका लागि सहजीकरण गरिने बताउँदै व्यवसायीहरूका लागि अनलाइन ‘पेमेन्ट र भेहिकल स्क्यानर’को व्यवस्था समेत गरिने बताए । महानिर्देशक सापकोटाले भन्सार विभागले अव ‘ट्रस्टेड ट्रेडर्स’हरूको प्रोफाइल समेत तयार गर्न लागेको बताउँदै यसबाट व्यवसायीहरूलाई सहज हुने विश्वास लिएको बताए । सो छलफलमा नाडाका सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्यसमिति सदस्य शुभआशिस थपलिया तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको सहभागिता थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया