होण्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता घोषणा
काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्ष्ति गर्दै ल्याएको ‘होण्डाको फेस्टिभ बोनान्जा’ योजनाअन्तर्गत पहिलो विजेता लक्की ड्रमार्फत घोषणा गरेको छ ।
बुटवलको ड्राइभवे ह्विल्स प्रालिबाट डब्लुआरभी–एसभीएमटी खरिद गरी संजय नेपालले हरेक हप्ता हुने लक्की ड्रमार्फत तीन लाख ५० हजार रुपैयाँ नगद उपहार प्राप्त गरेका छन् । यस योजनाअन्तर्गत ग्राहकहरुले होण्डा कारको खरिदमा हात खाली नजाने गरी दुई लाखसम्मको नगद छुट, एक वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, एक वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, तीन वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, तीन वर्षसम्मको लागि स्पेयर पार्ट्समा सात प्रतिशतको छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले तीन लाख ५० हजार रुपैयाँसम्मको क्यासब्याक जित्न सक्नेछन् । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया