बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गुरुङ पक्राउ
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी शोभा गुुरुङलाई पक्राउ गरेको छ । सीआईबीका अनुसार बिहीबार ललितपुरको कुपण्डोलबाट गुरुङलाई पक्राउ गरिएको हो ।
तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं. १३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ४, हाडीगाउँ बस्ने वर्ष ४५ की प्रतिवादी गुरुङलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको सीआईबीका प्रहरी उपरीक्षक कमल थापाले बताए । प्रहरी उपरीक्षक थापाका अनुसार गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी २०७५ साउन १५ गते एनआईसी एसिया बैंकको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गर्दै उच्च अदालत पाटनबाट २०७७ असार १ गते प्रतिवादी शोभा गुरुङको हकमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम चार दिन कैद २० लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो ।
उच्च अदालत पाटनको उक्त फैसलालगत्तै फरार रहेकी गुरुङलाई सीआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले कुपण्डोल, ललितपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि बिहीबार ललितपुर जिल्ला अदालतमा पेश गरेको सीआईबीको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बझाङमा ४३ प्रतिशत मतदान
- इलाम-२ मा ५२ प्रतिशत मत खस्यो
- जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
- नेपालले टस जितेर फिल्डिङ गर्दै
- देशमा लगानीको वातावरण बन्दै गएको छ स् अध्यक्ष अग्रवाल
- बझाङमा उत्साहपूर्वक मतदान हुँदै
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया