एनप्लस प्रोफेसनलका छ सौन्दर्य सामग्री सार्वजनिक
काठमाडौं । एनप्सल प्रोफेसनका छ सौन्दर्य सामग्री सार्वजनिक गरिएको छ । विभिन्न सेलेब्रेटीहरुको उपस्थितिमा सौन्दर्य सामग्री सार्वजनिक गरिएको हो । सौन्दर्यका सामग्रीलाई भारतको प्रख्यात ब्रान्ड नन्दिनी हर्वल प्रालिले उत्पादन गरेको हो । केही महिनाअघि आफ्ना उत्पादनहरु सार्वजनिक गर्ने तयारी गरेकोमा कोरोना महामारी र लकडाउनका कारण ढिलो गरी सामग्री सार्वजनिक गर्नुपरेको कम्पनीका प्रबन्ध निर्देशक हितेश लिम्वानीले बताए ।
सौन्दर्य सामग्रीहरुको परीक्षण र निरीक्षणमा सरकारले चासो नराख्दा नक्कली सामग्रीहरु बजारमा आइरहेकाले सचेत रहन एनप्लस प्रोफेसलनका क्षेत्रीय बजार व्यवस्थापक पदम शर्माले आग्रह गरे । विशेषगरी महिला सौन्दर्यमा बढी प्रभावकारी हुने सौन्दर्य सामग्री केही सेलेब्रेटीहरुको बीचमा सार्वजनिक गर्न पाएको भन्दै सौन्दर्यको क्षेत्रमा पनि ब्राण्डले सहयोग गर्दै जाने एनप्सल प्रोफेसनले बताइएको छ ।
उत्पादनको लागि नेपालका लागि ब्राण्ड एम्बासडर रहेकी भिडियो निर्देशक विना श्रेष्ठले पनि सस्तो, लोकप्रिय र गुणस्तरीय सामग्री सौन्दर्यताको लागि उपयुक्त भएको बताइन् । नयाँ उत्पादनहरुमा अन्डर आमक्रिम, अन्डर आइक्रिम, रेटोनल सिरम, प्योर मिनिमाइजर सिरम, स्मुथिङ स्याम्फु र स्मुथिङ कन्डिस्नर सार्वजनिक गरिएका हुन् । नयाँ सौन्दर्य सामग्री सार्वजनिक कार्यक्रममा पूर्वमिस नेपाल इभाना मानन्धर, गायक आनन्द कार्की, धिरज राई, गायिका रेखा शाह, अभिनेत्री शर्मिला मल्ल, नायिका एलिजा गौतमलगायत सेलेब्रेटीहरुको उपस्थिति थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया