कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहक बनाइने
काठमाडौं । सरकारले कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकका रूपमा विकास गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा कृषि नीति तर्जुमा गरी कृषि अनुसन्धान यान्त्रिकीकरण, व्यवसायीकरण र जलवायु अनुकूल प्रविधिको प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ ।
कृषि क्षेत्रको आधुनिकीकरण गरी आर्थिक वृद्धिको आधारलाई बलियो बनाइने राष्ट्रपति भण्डारीले बताइन् । वित्त, मौद्रिक, सिँचाइ, ऊर्जा, वन, पर्यटन, वाणिज्य, आपूर्ति, भू–उपयोग क्षेत्रका नीति तयार गर्दा कृषि तथा वन क्षेत्रको उत्पादन र उत्पादकत्वमा योगदान पुग्नेगरी सामञ्जस्य कायम गरिने बताइएको छ । खाद्यवस्तुको उत्पादन बढाउने तथा प्रशोधन लागत घटाउने, गुणस्तरीय उन्नत तथा वर्णशंकर बीउ विकास गरी बीउबिजनमा आत्मनिर्भर बनाइने नीतिमा उल्लेख गरिएको छ । यस्तै अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गरी नेपाली कृषिउपजको गुणस्तर र मूल्य प्रतिस्पर्धी बनाई कृषिउपजको आयात व्यवस्थापन गरी विषादी र क्वारेन्टाइन परीक्षणमा निजी क्षेत्रलाई समेत सहभागी गराइने बताइएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मध्यावधि समीक्षाको आधारमा पुनः संरचना गरी प्राविधिक र आर्थिक दृष्टिकोणबाट सम्भाव्य बाली तथा वस्तुका जोन प्रदेशमा हस्तान्तरण गरिने एवं रासायनिक मलको आपूर्ति सुनिश्चित गरी कृषकलाई संरक्षण गर्ने नीति लिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै ठूला नहर निर्माण मूल एवं शाखा नगरको निर्माण तथा मर्मत गर्ने बताइएको छ ।
सरकारको नीति तथा कार्यक्रमअनुसार कृषियोग्य भूमिमा वर्षैभर सिँचाइ सुविधा उपलब्ध गराउने नीतिअनुरूप आगामी वर्ष थप २२ हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा पु-याउने छ भने भेरी बबई डाइभर्सनको हेडबक्स तथा पावर हाउस र सुनकोसी मरिन डाइभर्सनको सुरुङ निर्माणकार्य तीव्ररूपमा अघि बढाइनेछ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया