बैंकिङ क्षेत्रको कर्जा लगानी ३० खर्ब रुपैयाँ नाघ्यो
सुरेश राउत
काठमाडौँ, फागुुन ६
बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल कर्जा लगानी बढेर चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको अवधिमा ३० खर्ब ८९ अर्ब ८० करोड १० लाख रुपैयाँ पुुगेको छ । राष्ट्र बैंकका अनुुसार बैंकिङ क्षेत्रको यो कर्जा लगानी गत आवको सोही अवधिको तुुलनामा झण्डै चार खर्ब रुपैयाँले बढी हो ।
गत आवको पाँच महिनाको अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल कर्जा लगानी २६ खर्ब ६५ अर्ब २८ करोड ६१ लाख रुपैयाँ रहेको थियो । चालू आवको पछिल्लो पाँच महिनामा २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंक एवं २२ वटा फाइनान्स कम्पनीसहितका ७२ वटा संस्थाहरुले संकलन गरेको कुुल निक्षेप रकम ३४ खर्ब ७४ अर्ब ५५ करोड ५५ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको यस्तो निक्षेप ३० खर्ब १२ अर्ब ६६ करोड ७८ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुुसार चालू आवको पाँच महिनामा वाणिज्य बैंकहरुको मात्र कर्जा लगानी भने २६ खर्ब ७० अर्ब २८ करोड रुपैयाँ पुुगेको छ । यस अवधिमा बैंकको कुुल निक्षेप २९ खर्ब ९४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुको कुुल निक्षेप तथा कर्जा रकम क्रमशः २६ खर्ब २२ अर्ब ९९ करोड एवं २३ खर्ब ११ अर्ब २७ करोड रुपैयाँ रहेको छ ।
चालू आवको पाँच महिनामा विकास बैंकहरुको कुुल कर्जा रकम भने तीन खर्ब ४३ अर्ब ४० करोड ९० लाख रुपैयाँ रहेको छ । यस अवधिमा विकास बैंकहरुले चार खर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत आवको सोही अवधिमा भने विकास बैंकहरुले तीन खर्ब २४ अर्ब १७ करोड ३४ लाख लाख १० हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई खर्ब ९१ अर्ब २८ करोड ९७ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
गत आवको पाँच महिनाको तुुलनामा चालू आवको पाँच महिनामा फाइनान्स कम्पनीहरुको पनि कर्जा लगानी बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पाँच महिनामा फाइनान्सहरुले ७९ अर्ब ९९ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब २२ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा भने फाइनान्सहरुले ६६ अर्ब १९ करोड ४८ लाख १० हजार रुपैयाँ निक्षेप संंकलन गरी ६१ अर्ब २८ करोड ५६ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- हाकिमको गाली, कारिन्दाको कुर्सी खाली
- लगानी सम्मेलनबाट आशा र अपेक्षा
- बाल मन्दिरद्वारा बृहस्पति विद्या सदनलाई जग्गा लिजमा दिने आफ्नो निर्णय आफैँ रद्द
- सुर्तीजन्य वस्तुको करवृद्धि रोक्न सरकार र उत्पादकहरूको साँठगाँठ !
- इलाम- २ मा मतगणना ११ बजेबाट सुरु हुँदैे
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया