दाहुवाका सीसीटीभी किन्दा स्कुटी, ल्यापटप, वासिङ मेसिनसम्मका उपहार
काठमाडौं । विश्व प्रसिद्ध दाहुवा ब्रान्डको सीसी क्यामेरा खरिद गर्दा अधिकतम दुई लाखदेखि पाँच सयसम्मका उपहार पाइने भएको छ । नेपालका लागि दाहुवा ब्रान्डको आधिकारिक वितरक बिध म्यानेजमेन्ट प्रालिले उपभोक्ताहरुको लागि स्क्र्याच कार्डमार्फत हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको छ ।
नेपाली बजारमा अधिक रुचाइएको उक्त सीसी.क्यामेरा कम्पनीले आफ्ना उपभोक्ताको हितमा बजारमा नयाँ अफर घोषणा गरेको हो । बिध म्यानेजमेन्ट प्रालि र दाहुवा ब्रान्डको आधिकारिक बिक्रेताद्वारा कम्तीमा ३० हजारबराबरको सीसी क्यामेरालगायतका सुरक्षा उपकरण खरिद गर्ने ग्राहकका लागि स्क्र्याच कार्डमार्फत उपहार प्रदान गर्ने योजना ल्याएको हो । यस योजनामा ग्राहकले उपहारमा ई–स्कुटर, टेलिभिजन, वासिङ मेसिन, फ्रिज, इन्डक्सन चुल्हो, मिक्सर/ग्राइन्डर, स्मार्टमोबाइलदेखि हात खाली नजाने एक हजार रुपैयाँ, सात सय ५० रुपैयाँ र पाँच सय रुपैयाँका नगद उपहार समेत प्राप्त गर्न सक्नेछन् ।
यसका साथै नेपालभरका कम्पनीका आधिकारी डिलरहरुलाई समेत उनीहरुका बिक्रीका आधारमा थुप्रै योजनाहरु अघि सारेको छ । दाहुवा सीसीटीभी एवं सुरक्षा उपकरणहरु युरोप तथा अमेरिकामा अत्यधिक मन पराइएको ब्रान्ड हो । यो बजारमा पाइने अन्य ब्रान्डको तुलनामा गुणस्तरीय, भरपर्दो, सस्तो र सुरक्षित रहेको कम्पनीको दाबी छ ।
उपहारसँगै बिध म्यानेजमेन्टले घर/टोल तथा अफिसमा जडान गर्न सकिने गरी सर्वसुलभ दरमा सीसीटीभीको प्याकेज समेत घोषणा गरेको छ । यसको सुरुवाती मूल्य २५ हजार रुपैयाँ कायम गरेको छ । यसका साथै बिध म्यानेजमेन्ट प्रालिद्वारा नेपालका ७७ वटै जिल्लाबाट बिक्रेताहरुलाई आधिकारिक डिलर बन्नका लागि आह्वान समेत गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया