बाहिरियो कालाखेतीको ट्विनअटर लिज र कमिसन काण्ड
काठमाडौं । नेपाल वायुसेवा निगमका कमर्सियल डाइरेक्टर जनकराज कालाखेतीले पाँच प्रतिशत कमिसन लिएर एउटा प्राइभेट ट्राभल एजेन्सीलाई निगमको ट्विनअटर जहाज पोखरा–जोमसोम–पोखरा उडानको लागि लिजमा दिएको खुलासा भएको छ । कालाखेतीले गत मार्च ३१ तारिखमा शुभ टुर्स एण्ड ट्राभल प्रालिका सन्जिना शर्मासँग चार्टर फ्लाई सञ्चालनका लागि जहाज लिज सम्झौैता गरेका छन् र लिज रकमबाहेक उनले छुट्टै पाँच प्रतिशत कमिसन लिने कुरा पनि सम्झौताकै बुँदामा उल्लेख गरेका छन् ।
यसरी लेनदेनमा निगमको जहाज लिजमा दिँदा आउने कमिसन आफूलाई नदिएपछि सार्वजनिक रुपमा अश्लील भाषा बोलेर घिन लाग्दो हर्कत देखाएका तत्कालीन पर्यटनमन्त्री आलेले त्यसलाई मुद्दा बनाएर निगमभित्र भाँडभैलो मच्चाएका थिए र मन्त्रिपरिषद्को बैठक समेत प्रभावित पारेका थिए । कमिसन लेनदेनको भागबण्डा नमिलेपछि पूर्वमन्त्री आलेले आफैँले आठ महिनाअघि नियुक्त गरेका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर पिटेका थिए । त्यसपछि मन्त्री आलेले अधिकारीलाई कार्यकारी अध्यक्षबाट निलम्बन गरेर जुनियर क्याप्टेन दीपु ज्वारचनलाई निमित्त महाप्रबन्धक तोकेका थिए ।
खास खास पर्यटन व्यवसायीहरुसँग सेटिङमा काम गर्न माहिर मानिने कालाखेतीले गत ३१ मार्चमा शुभ टुर्स एण्ड ट्राभल्स प्रालिसँग पाँच प्रतिशत कमिसन लिएर पोखरा–जोमसोम–पोखरा चार्टर फ्लाइट सञ्चालन गर्न दिने सम्झौता सुटक्क गरेको पाइएको छ । उनले उक्त सम्झौता उनका तत्कालीन हाकिम अधिकारी र खानेदाउका माहिर पर्यटनमन्त्री आलेलाई कसरी रिझाएर गरेका थिए भन्नेचाहिँ खुलेको छैन । तर जसको दबाब र निर्देशनमा गरेको भए पनि सम्झौतामा हस्ताक्षर गरेकाले त्यसको मुख्य जिम्मेवार कमर्सियल डाइरेक्टर कालाखेती नै हुने देखिएको छ ।
उक्त सम्झौतामा निगमको तर्फबाट कमर्सियल डाइरेक्टर कालाखेतीले र ट्राभल एजेन्सीको तर्फबाट सन्जिमा शर्माले हस्ताक्षर गरेकी छिन् । सम्झौतामा रमेश पौडेल र निरञ्जन चालिसे साक्षी बसेका छन् । पाँच प्रतिशत कमिसन लिने गरी कालाखेतीले गरेको उक्त सम्झौता एक कान दुई कान मैदान हुँदै निगमका कर्मचारीहरुको कानमा परेपछि सम्झौता सार्वजनिक हुने डरले कालाखेतीले रातारात सम्झौता रद्द गरेको बुझिएको छ ।
कालाखेती निगमका वरिष्ठतममध्येका कर्मचारी हुन् । विभिन्न मुलुकमा जीएसए छनौटदेखि टिकट बिक्री एजेन्टसम्ममा जताततै लेनदेन र सेटिङ गर्न माहिर मानिएका कालाखेती निगमको डीएमडी हुने लाइनमा छन् । उनीमाथिको पछिल्लो छानबिनले कुन मोड लिने हो त्योचाहिँ यसै भन्न सकिने अवस्था छैन ।
ट्विनअटर जहाज लिजकाण्ड बाहिरिएको भए अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको पछिल्लो छानबिनको दायरामा परेका ज्वारचनले निमित्त महाप्रबन्धक हुने सौभाग्य पाउने थिएनन् । कालाखेतीले नै निमित्त पाउने थिए । तर कालाखेती पनि अख्तियारको छानबिनको दायरामा नपरेको स्वच्छछविका व्यक्तिचाहिँ होइनन् । उनीमाथि जीएसए छनौटदेखि चार्टर्ड फ्लाइटको कमिसन असुली लगायतका काण्डमा अख्तियारमा उजुरी नै परेको कालाखेती पछिल्लो कमिसन काण्डमा नपरेको भए डीएमडी हुने थिए । तर निलम्बित कार्यकारी अध्यक्ष अधिकारीसँगै उनी पनि छानबिनको दायरामा तानिएकाले कालाखेतीको मौका गुमेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया