सरकारी कोषमा नौ महिनाको वस्तु आयात गर्ने विदेशी पैसा जम्मा
सुरेश राउत
काठमाडौं, फागुन ९
विदेशी मुद्राको सञ्चितिमा सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पाँच दशमलव पाँच बढेर २०७६ पुस मसान्तमा १० खर्ब ९५ अर्ब ९८ करोडबराबर पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा नौ अर्ब ५० करोड रहेकोमा २०७६ पुस मसान्तमा नौ अर्ब ६९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा नौ खर्ब दुई अर्ब ४४ करोड रहेकोमा २०७६ पुस मसान्तमा नौ खर्ब ४७ अर्ब ३८ करोड पुगेको छ । यस अवधिममा नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा रहेको कुुल विदेशी मुद्रा सञ्चिति भने २०७६ असार मसान्तमा एक खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ पुस मसान्तमा एक खर्ब ४८ अर्ब ५९ करोड पुगेको छ । २०७६ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव दुई प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुुसार चालू आर्थिक वर्षको छ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति नौ महिना छ दिनको वस्तु आयात र आठ महिना चार दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३१ दशमलव छ प्रतिशत, ७० दशमलव दुुई प्रतिशत र २९ दशमलव नौ प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३० प्रतिशत, ६४ दशमलव नौ प्रतिशत र २९ प्रतिशत रहेका थिए । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम मूल्य भने २०७५ पुसमसान्तमा प्रतिब्यारेल अमेरिकी डलर ५८.८० रहेकोमा २०७६ पुस मसान्तमा नौ दशमलव छ प्रतिशतले वृद्धि भर्ई प्रतिब्यारेल अमेरिकी डलर ६४ दशमलव ४५ कायम भएको छ ।
त्यसैगरी, सुनको मूल्य २०७५ पुस मसान्तमा प्रतिऔँस अमेरिकी डलर १२९२.७५ रहेकोमा २०७६ पुसमसान्तमा १९ दशमलव पाँच प्रतिशतले वृद्धि भई प्रतिऔँस अमेरिकी डलर १५४५.१० पुगेको छ । राष्ट्र बैंकका अनुुसार २०७६ असार मसान्तको तुलनामा २०७६ पुस मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ तीन दशमलव तीन प्रतिशतले अवमूल्यन भएको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ दुुई दशमलव आठ प्रतिशतले अवमूल्यन भएको थियो । २०७६ पुस मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय १३ रुपैयाँ ३० पैसा पुगेको छ । २०७६ असार मसान्तमा उक्त विनिमय दर एक सय नौ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बझाङमा ४३ प्रतिशत मतदान
- इलाम-२ मा ५२ प्रतिशत मत खस्यो
- जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
- नेपालले टस जितेर फिल्डिङ गर्दै
- देशमा लगानीको वातावरण बन्दै गएको छ स् अध्यक्ष अग्रवाल
- बझाङमा उत्साहपूर्वक मतदान हुँदै
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया