‘लाल बहादुर, द स्पार्क’को पहिलो भाग सार्वजनिक
काठमाडौं । जी मिडिया कनेक्सन प्रा.ली.को ब्यानरमा निर्मित नेपाली वेवसिरिज ‘लाल बहादुर, द स्पार्क’को आज शुक्रबार बाट प्रसारण सुरु भएको छ। हरेक हप्ता शुक्रबार नयाँ भाग सहित सार्वजनिक हुने सिरिजमा देवजंग थापाको लेखन तथा निर्देशन रहेको छ ।
सिरिजमा लोकप्रिय कलाकारहरु सरोज खनाल, सुनिल थापा, कमेडियन खड्ग बहादुर पुनको मुख्य भूमिका सहित सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, गीता थापा पराजुली, रामबाबु रेग्मी, अनिता गिरी, जेनिस अधिकारी, रविन विष्ट, विश्व मुखिया लगायत कलाकारको अभिनय रहेको छ ।
मुख्यपात्र लाल बहादुरको भुमिकामा देखा परेका सरोज खनाल २०७२ सालको विनासकारी भुईचालो पछि पानीको मुहान सुकेको देउराली गाँउमा भएको पानीको समस्या लाई समाधान गर्न गाउलेलाई समेटन लागेको पहिलो एपिसोडमा देखाईएकोे छ, सुनिल थापालाइ भने गाँउपालिका अध्यक्षको रुपमा देखाईएको छ, मुख्य बाधाका रुपमा देखिएका सुनिल थापा ले के कसरि बाधा अडचन ल्याउछन अनि सरोज खनाल (लालबहादुरले) कसरी गाउमा पानि ल्याउछन, यि सब जान्नका लागि भने आगामी एपिसोडहरु हेर्न पर्नेछ । चार सिजनको ५२ एपिसोड रहने सिरिजको पहिलो सिजन १३ एपिसोडको रहेको निर्देशक थापाले जानकारी दिए ।
प्रकाश आङ्बुहाङ (हाङबारे) निर्माता रहेको ‘लाल बहादुर, द स्पार्क’मा नविन डाँगी निर्माण नियन्त्रक, नरेन्द्र लामा र स्वस्तिमा कार्कीको सह निर्देशन, प्रनुप थापाको संवाद, ईसिसि स्टुडियोको प्रोडक्सन, मदन न्यौपानेको श्रृङगार, बिबेक उप्रेतीको सम्पादन र संजिव सुब्बाको सगीत रहेको छ । ‘लाल बहादुर, द स्पार्कु लाइ जी मिडिया कनेक्सनको युट्युव बाट हेर्न सकिन्छ ।
क्याटेगोरी : मनोरञ्जन
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया