Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठमनोरञ्जनबिशेष शोमा सतप्रतिशत दर्शकको मन जित्यो ‘सतीदेवी’ ले

बिशेष शोमा सतप्रतिशत दर्शकको मन जित्यो ‘सतीदेवी’ ले


काठमाडौं,मध्येनपाल नगरपालिका,लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डेले चलचित्र ‘सतीदेवी’ लाई सम्पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । लक्ष्मण सुवेदी लिखित,निर्मित तथा निर्देशीत ‘सतीदेवी’ को बुधबार दमौलीको क्युएफएक्स सिनेमामा बिशेष प्रदर्शनी गरिएको थियो । सो कार्यक्रमका प्रमुख अथिति मेयर पाण्डेले मौलिक कथामा निर्माण गरिएको तथा सार्वजनीक प्रदर्शन अगावै देश–बिदेशमा चर्चामा रहेको चलचित्र ‘सतीदेवी’ लाई सबैले साथ दिनुपर्ने धारणा राखे ।

‘हाम्रो मध्यनेपाल नगरपालीकाका बिभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्रले निकै तारिफ पाइरहेको छ । देशको मौलिक कला,संस्कृति तथा कथालाई चलचित्रको माध्यमबाट बिश्वसामु पुर्याउनु निकै सह्रानीय कार्य हो । आफ्नो माटोको सुगन्धलाई उजागर गर्ने ‘सतीदेवी’ टिमलाई हामी सबैले साथ,सहयोग र प्रेरणा दिनुपर्छ,’ मेयर पाण्डेले भने,‘स्थानीयता, नेपालीपना,वास्तवीकमा मौलिक बिषयबस्तुलाई उठान गर्ने जोकोहीलाई पनि सरकार र सम्बन्धीत निकायले भरपुर सहयोग गर्नुपर्छ । यस चलचित्रलाई मध्यनेपाल नगरपालिका र मेरो ब्यक्तिगत तबरले समेत यथासक्य धेरै सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।’ उनले ‘सतीदेवी’ ले उठाएको नारीपक्षको मुद्दा निकै गहन र मननीय रहेको बताउदै आफूलाई चलचित्र निकै मन परेको प्रतिक्रिया ब्यक्त गरे ।

कार्यक्रममा ‘सतीदेवी’ को तर्फबाट निर्देशक सुवेदीले मेयर पाण्डे, वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ,स्थानीय श्री सृजनशील एकता मगर समाज,लाफा गाउँ होमस्टे,कलाकार इभन श्रेष्ठ,क्युएफएक्स दमौलीलगायतलाई आभार पत्र प्रदान गरेका थिए । अधिकांश दृश्य मध्यनेपाल नगरपालीकाका वडा नं ५ लगायत बिभिन्न स्थानमा खिचिएको र छायांकन तथा प्रबद्र्धनमा आफूहरुलाई निकै सहयोग मिलेकाले धन्यबाद स्वरुप शो आयोजना गरिएको निर्देशक सुवेदीले बताए ।बिशेष प्रदर्शनी समारोहमा मध्यनेपाल नगरपालीका वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ,वडा नं ३ का अध्यक्ष केशब न्यौपाने,वडा नं ४ का अध्यक्ष रामबहादुर श्रेष्ठ,वडा नं ७ का अध्यक्ष हिराबहादुर गुरुङ र वडा नं ९ का अध्यक्ष महेशकुमार पाण्डेलगायत जनप्रतिनिधि तथा वडा नं ५ स्थिति लाफा गाउँ होमस्टे,श्री सृजनाशील एकता मगर समाजका प्रतिनिधिहरुका साथमा स्थानीयहरुको बाक्लो उपस्थिति थियो ।


क्याटेगोरी : मनोरञ्जन, समाचार

तपाईको प्रतिक्रिया