विराटनगको दुई क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित
विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन विराटनगरका दुई क्याम्पसमा अनिश्चित भएको छ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले नर्सिङ कलेजमा र नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ ।
चैत ५ गते आइतबार त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन तोकेको हो । तर नेविसंघले शुक्रबार बेलुका नर्सिङ कलेजमा र अनेरास्ववियुले शनिबार बिहान महेन्द्र मोरङमा तालाबन्दी गरेका छन् ।
निर्वाचनको सबै तयारी भइसेको अवस्थामा तालाबन्दी भएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख बाबुराम तिम्सिनाले बताए । ‘बुथ बनाइसकेका छौं, मतपत्र छापिसकिएको छ, निर्वाचनको सबै तयारी भइसकेको छ’, उनले भने, ‘आज तालाबन्दी भयो, बार्ताबाट सहमति भयो भने चुनाव हुन्छ ।’
विद्यार्थीको चुनाव भएकाले क्याम्पस प्रशासनले सहजीकरण गर्न सक्ने बताउँदै उनले सहमति गर्न आग्रह गरे । ‘बुथ बनिसको छ । चुनावका लागि धेरै खर्च भइसकेको छ’, उनले भने, ‘हामीले मात्रै रिस्क लिएर गर्न गाह्रो छ । वातावरण बन्यो भने चुनाव हुन्छ ।’
महेन्द्र मोरङको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघबाट जसवन्त पौडेल, अनेरास्ववियुबाट नवीन पहाडी र अखिल क्रान्तिकारीबाट रोहित यादव उम्मेदवार रहेका छन् । नर्सिङ कलेजमा विद्यार्थीलाई कलेज प्रशासनले धम्की दिएको भन्दै तालाबन्दी गरेको नेपाल विद्यार्थी संघले जनाएको छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया