इन्फोडेभलपर्सको क्लिक टु करियर कार्यक्रम
काठमाडौं । इन्फोडेभलपर्सले सूचना प्रविधि विषय पढ्दै गरेका विद्यार्थीहरुका लागि करियर विकास गर्ने उद्देश्यसहित आयोजना गरेको ‘क्लिक टू करिअर’ कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
बजारमा देखिएको दक्ष आईटी जनशक्तिको खाडललाई कम गर्न सीपयुक्त आईटी तालिम दिने उद्देश्यले ४५ दिने लामो क्लिक टु करियर कार्यक्रम सञ्चालन गरिएको इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशीले बताए । ‘हामीले सञ्चालन गरेको क्लिक टु करियर कार्यक्रम इन्फोडेभलपर्सका लागि मात्रै होइन’, उनले भने, ‘दक्ष जनशक्ति उत्पादन गर्न इन्फोडेभलपर्सले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ, त्यो समग्र सूचना प्रविधि बजारका लागि हो ।’
आईटी क्षेत्रमा आउन चाहने नयाँ ट्यालेन्टहरुलाई आईटी उद्योगको लागि आवश्यक पर्ने सीप, प्रशिक्षण, आईटी उद्योगमा काम गर्न सिकाउने र संस्थागत नेटवर्क विकास गर्न इन्फोडेभलपर्सले क्लिक टु करियर कार्यक्रम सञ्चालन गरेको थियो । नेपालमा पढाइ हुने आईटी शिक्षा विश्वस्तरीय भएको बताउँदै रघुवंशीले दक्ष जनशक्तिको कमी हुनुमा यहाँको संस्कार प्रमुख कारण भएको उल्लेख गरे । असोजदेखि सुरू भएको क्लिक टु करियरमा करिब एक सय ५० जना सहभागीहरूलाई विभिन्न समूहमा बाँडेर आईटी डोमेनका विभिन्न प्रोजेक्टहरुमा संलग्न गराएर प्रशिक्षण दिइएको थियो । सहभागीमध्ये ३३ जनाले इन्फोडेभलपर्समै ट्रेनी/इन्टर्नसिपको रूपमा अवसर पाएका छन् ।
सूचना प्रविधि उद्योगलाई आवश्यक पर्ने सीपयुक्त जनशक्ति तयार गर्ने उद्देश्य राखी क्लिक टु करियर सञ्चालन गरिएको इन्फोडेभलपर्सका सीओओ तथा कार्यक्रमका संयोजक डा. राजिव सुब्बाले बताए । ‘उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्ति बजारमा पाउन निकै मुस्किल छ’, सुब्बाले भने, ‘त्यसकारण आवश्यक परेको बेला दक्ष जनशक्तिको अभाव नहोस् र विद्यार्थीहरूलाई पनि रोजगारी पाउन समस्या नहोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।’ ६० घण्टासम्म प्रदान गरिएको यस तालिममा १५० सहभागीलाई इन्फोडेभलपर्समा कार्यरत विशेषज्ञहरुले मेन्टरिङ्ग तथा मार्गदर्शन प्रदान गरेका थिए ।
क्लिक टु करियरका प्रशिक्षक प्रियंका अर्यालले तालिममा सहभागीहरू इन्फोडेभलपर्समा मात्र नभएर अन्य आईटी कम्पनीमा समेत अवसर पाएको बताइन् । प्रशिक्षणपश्चात् रोजगारीको अवसर पनि दिने गरी सञ्चालन कार्यक्रममा रियाक्ट, भ्यू, एंगुलर, नेड, जाभा, एआई, क्यूए, डेटाबेसमा, एन्ड्रोइड, रियाक्ट नेटिभ, पीएचपी, डट नेट, आईओएस, यूआई-यूएक्स डिजाइन, ग्राफिक डिजाइन, बिजनेस एनालिस्ट र फ्ल्टरलगायत तालिम प्रदान गरिएको थियो ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #Page 6
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया