थप साढे ४ किलोमिटर ग्रामीण सडक कालोपत्रे
दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाले प्रत्येक वर्ष आफ्नै लगानीमा सडक कालोपत्रे तथा ढलान गर्ने योजना अनुरुप थप साँढे चार किलोमिटर ग्रामिण सडक कालोपत्रे गरेको छ ।
पालिकाले आर्थिक वर्ष २०७६/०७७ देखी प्रत्येक वर्ष ४ किमी ग्रामिण सडक कालोपत्रे तथा ढलान गर्दै आएको छ । पालिकाभित्र दैनिक सवारी आवतजावत गर्ने मुख्य ग्रामीण सडकको कालोपत्रे तथा ढलान गरिएको गाउँपालिका अध्यक्ष छवि लामाले बताए ।
सुरुको वर्ष २०७६/०७७ करिब ४ किलोमीटर सडक कालोपत्रे गरेको पालिकाले गतवर्ष २०७८/०७९ मा भने साढे २ किलोमीटर मात्रै सडक ढलान तथा कालोपत्रे गरेको थियोे । त्यस्तै चालू आर्थिक वर्षमा भने पालिकाले थप साढे ४ किलोमीटर सडकको कालोपत्रे तथा ढलान धमाधम गरिरहेको छ ।
पाँच वर्ष भित्र बैतेश्वर गाउँपालिका भित्रका मुख्य सडकहरु वडा नम्बर–१ को गोपीजोरमाने सडक, वडा नम्बर २ र ३ जोड्ने बुस्तीपुतलीकाठ सडक, वडा ३ र ४ जोड्ने मैनापोखरी बगर सडक, वडा नम्बर ५ र ८ जोड्ने देउराली क्षेत्रपा सडक, मैनापोखरी–अस्पताल जोड्ने सडक, नाम्दु पाडुडाँडा तथा पाडु लप्से निम्कोट सडकको कालोपत्रे सक्ने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष लामाले बताए ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया