रजत जयन्ती मनाउँदै तयारी पोशाक व्यापार संघ
काठमाडौं । ललितपुर तयारी पोशाक व्यापार संघले आफ्नो स्थापनाको २५ वर्ष (रजत जयन्ती) विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । संघले पत्रकार सम्मेलनको आयोजना गरी आयकरसम्बन्धी अन्तरक्रिया, व्यावसायिक लेखा प्रणाली तालिम, बैंक तथा इन्स्योरेन्ससम्बन्धी सहजीकरण, सुस्वास्थ्यका लागि विविध कार्यक्रम गर्ने जानकारी दिएको हो ।
यस्तै असाहाय, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरुलाई सहयोग गर्ने, अन्तर संघ खेलकुद, स्मारिका प्रकाशन, दशैँ तिहार विशेष उपहार कार्यक्रम तथा सदस्यता अभिवृद्धिजस्ता कार्यक्रमहरुको आयोजना गर्ने संघका अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिए । २५ वर्षअघि पुष्परत्न शाक्यको अध्यक्षतामा ललितपुर जिल्लाका तयारी पोशाक, ब्याग तथा कस्मेटिक्स व्यवसायीहरुलाई संगठित गर्ने उद्देश्यले संघको स्थापना भएको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध
ताजा अपडेट
- लुम्बिनी प्रदेशः करिब रु ३८ अर्ब ९६ करोड विनियोजन
- समृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छस् अध्यक्ष ओली
- सुदूरपश्चिम प्रदेशः रु ३१ अर्ब ६२ करोड बजेट पेस
- उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी
- कोशी प्रदेश ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक
- कर्णाली प्रदेशः आगामी आवका लागि रु ३१ अर्ब ४१ करोड बजेट विनियोजन
- सातै प्रदेशका सरकारको बजेट आज सार्वजनिक हुँदै
- लोक सेवा आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति
धेरैले पढेको
- बीमा प्राधिकरणमा कार्यकारी नियुक्तिमा झेलैझेल
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया