मनकामना केबलकार चढ्ने यात्रुको संख्यामा वृद्धि
काठमाडौं । गोरखाको मनकामना केबलकार चढ्ने यात्रुको संख्यामा वृद्धि भएको छ । वैशाख महिनामा कोभिडयताकै सबैभन्दा बढी यात्रुले केबलबारको प्रयोग गरेका छन् ।
कोभिड नियन्त्रणमा आएसँगै मनकामना दर्शन गर्न आउने भक्तजनको आवागमनमा वृद्धि भइरहेको मनकामना दर्शन प्रालिले जनाएको छ । कम्पनीका अनुसार हाल दैनिक औसत चार हजारभन्दा बढी भक्तजन र यात्रुले केबलकारको सेवा लिँदै आएका छन् । वैशाखभर एक लाख २६ हजार यात्रुले केबलकार सेवा लिएको कम्पनीले जनाएको छ ।
चालू आर्थिक वर्षको वैशाख महिनासम्म केबलकार सेवा लिने यात्रुको संख्या आठ लाख ७० हजार पुगिसकेको छ । आउँदो असारसम्म सेवाग्राही संख्या साढे १० लाख पुग्ने प्रक्षेपण कम्पनीको छ । पछिल्लो समय भारतीय पर्यटकको आवागमनमा वृद्धि भएको कम्पनीले जनाएको छ ।
कम्पनीले मनकामना केबलकार केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नति गरिसकेको छ । केबलकारको टावर, गोन्डोला, बुलह्वीललगायत उपकरण भने साबिककै रहेको छ । यो केबलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको केबलकार हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया