Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिहलेसी तुवाचुङका ४४ किसानलाई भैँसी उपहार !

हलेसी तुवाचुङका ४४ किसानलाई भैँसी उपहार !


काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ४४ जना किसानलाई माउ भैँसी वितरण गरेको छ । किसानलाई दूधमा आत्मनिर्भर बनाउँदै आम्दानी गराउने उद्देश्यले अनिवार्यरूपमा दुई माउ भैँसी पालिरहेका किसानलाई एउटा भैँसी उपहार दिएको हो ।

किसान पहिचान गरी माउ भैँसी किन्न नगरपालिकाको बाहुनीडाँडा, बडहरे, मंगलटार, महादेवस्थान र सल्लेका किसानलाई एक/एक लाख नगद दिइएको थियो । ४४ जना किसानले घरघरमा भैँसी ल्याइसकेको नगरपालिकाका पशु सेवा संयोजक सन्देश ताम्राकारले जानकारी दिए । ताम्राकारका अनुसार कुल ७५ लाख सर्सत बजेटअन्तर्गत ४४ जना किसानलाई भैँसी किन्न एकएक लाख र भैँसीलाई गोठ बनाउन प्रतिकिसान २०/२० हजार प्रदान गरिएको छ । किसानहरूले भैँसी ल्याएर गोठ बनाइसकेको र कतिपयले बनाइरहेको पालिकाले जनाएको छ । यस्तै, कुल ७५ लाख सर्सत बजेटभित्रै ४४ जना भैँसी पाएका किसानलाई दिनेगरी १० लिटरको ४४ वटा मिल्क क्यान (दूध लगाउने भाँडा) नगरपालिकामा ल्याइएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाले कृषि र पशुपालनको माध्यमबाट नगर क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने नीति लिएकाले किसानलाई भैँसी वितरण गरिएको मेयर बिमला राइले जानकारी दिइन् । व्यावसायिक कृषि र पशुपालनका लागि स्थानीय सरकारको पूरा साथ रहेकाले खुलेर कृषि तथा पशुपालन व्यवसायमा लाग्न मेयर राईले आग्रह गरिन् ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया