Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिजनसचेतन सहकारीद्वारा वृक्षारोपण

जनसचेतन सहकारीद्वारा वृक्षारोपण


दोलखा । दोलखाको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले वृक्षारोपण गरेको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा सहकारीले बिहीबार मैनापोखरी बजारमा पाँच सय बिरुवा रोपेको हो ।

‘बजारमा स्वच्छ वायु, स्वस्थ जीवन, पर्यावरणीय संरक्षणमा जनसचेतनको योगदान’ भन्ने नाराका साथ वृक्षारोपण गरिएको सहकारी संस्थाले जनाएको छ । कार्यक्रममा डिभिजन वन कार्यालयका कर्मचारी, दोलखा उद्योग वाणिज्य संघ मैनापोखरी शाखाका पदाधिकारी, इलाका प्रहरी कार्यालय मैनापोखरीका कर्मचारी, संस्थाका पदाधिकारी तथा कर्मचारीहरू, सहकारीकर्मी, शिक्षक, व्यापारीलगायतकोे उपस्थिति थियो । संस्थाको सहयोगमा कपुरको बिरुवा १५० वटा, कल्की १५० वटा, धुपी १५० वटा र जाकाराण्डको ५० वटा बिरुवा रोपिएको संस्थाका कार्यकारी अधिकृत नवराज दाहालले जानकारी दिए ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया